Header Ads

भोजन गर्ने समयमा माउसुली मैथुन गरिरहेको अवस्थामा देखिए भने सबै भन्दा शुभ

भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ।

१ श्रृंगार गरेकी स्त्री
विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।

२ धर्मग्रन्थ
विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।

३ गाई
विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।

४ आगो
विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।

५ कुकुर
शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।

शकुन शास्त्रका अनुसार हरेक पशु पंक्षी वा किरा मकराले समेत मानिसको जीवनमा शुभ र अशुभ फल ल्याउँछन् । माउसुली टाउकोमा खस्यो भने निक्शै शुभ मानिन्छ । यहाँ माउसुलीलाई कस्तो अवस्थामा देख्दा के के फल संकेत हुन्छ भन्ने बारे चर्चा गरिएको छ । सकुन शास्त्रका माउसुली स्त्री वा पुरुषका फरक फरक अंगमा खस्दा फरक फरक फल हुने उल्लेख छ ।

१ टाउकोमा माउसुली खस्यो भने निक्कै शुभ मानिन्छ । यसले तपाइँको मनले चिताएको कुरा छिट्टै पुरा हुने संकेत गर्छ ।

२ कुनै पनि स्त्रीको बायाँ अंग फरफरायो भने शुभ मानिन्छ तर पुरुषको भने दायाँ अंग फरफराउनु शुभ मानिन्छ। यस्तै हुन्छ माउसुलीको कुरामा पनि । यदि स्त्रीको कुनै पनि बायाँ अंगमा माउसुली खस्यो भने यसको शुभ फल मिल्छ । तर पुरुषको बायाँ अंगमा माउसुली खसेमा भने अशुभ मानिन्छ ।

३ भोजन गर्ने समयमा माउसुली मैथुन गरिरहेको अवस्थामा देखिए भने सबै भन्दा शुभ मानिन्छ । यसले तपाइँलाई नयाँ र खुशीको खवर आउने संकेत गर्छ ।

४ तपाइँको दायाँ भागमा माउसुली खस्यो भने निकट भविष्यमा सम्पति हात लाग्छ । यदि स्त्रीको बायाँमा खस्यो भने पनि यस्तै फलको संकेत गर्छ ।

५ माउसुली दायाँ कानमा खस्यो भने लाभको सूचक हो । यसले गहना प्राप्त हुन सक्छ ।

६ माउसुली दयाँ र बायाँ दुवै तिर खस्यो भने यसको अर्थ तपाइँलाई सम्पति मिल्दैछ भन्ने हुन्छ । तर पुरुषको बायाँ दिशामा माउसुली खस्यो भने तपाइँलाई आर्थिक नोकशानी हुन्छ ।
Powered by Blogger.