Header Ads

हतियारधारी भीआईपीका कारण विवाद

काठमाडौं, वैशाख १८ । महाभूकम्पपछिको स्थिति अध्ययन गर्न युरोपियन युनियनका एकजना उच्च अधिकारी अत्याधुनिक हतियारसहित आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो एकछिन विवाद र असहज परिस्थिति उत्पन्न भएको थियो।

 युरोपियन युनियन मानवीय सहयोग र विपत् व्यवस्थापन प्रमुख क्रिस्टोस स्टेलियानिडेस हतियारधारी दुई सुरक्षाकर्मीलाई तत्काल फिर्ता (डिपोट) गर्न तयार भएपछि स्थिति सामान्य भएको थियो। हतियारधारी सुरक्षाकर्मीसहित पस्न पाउनुपर्ने उनको अडानलाई विमानस्थलस्थित सुरक्षा अधिकारीहरूले अस्वीकार गरी सुरक्षाकर्मीहरूलाई अध्यागमन क्षेत्रबाटै छिर्न दिएनन्।

विमानस्थल सुरक्षा प्रमुख डीआईजी विजयलाल कायस्थका अनुसार हतियारसहित आउने पूर्वजानकारी र स्वीकृतिसमेत नलिएकाले उनीहरूलाई प्रवेशमा रोक लगाइएको हो। कुनै भीआईपीले हतियारसहित आउन चाहेमा पूर्वजानकारी गराउनुपर्ने र यसअनुसार हतियारको विवरण खोली गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ।

अनुमतिसहित ल्याइएको हतियार गृह मन्त्रालयको आदेशमा प्रहरीले विमानस्थलमै सुरक्षित राखिदिने र फर्कने बेलामा जिम् मा दिने गरिन्छ। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
Powered by Blogger.