मध्यराति पाहुनामाथि खुकुरी बर्साएपछि….अनुमान गर्नुहोस के भो होला ?
रौतहट, बैशाख ११ । रौतहटको चन्द्रपुर नगरपालिका–१० सन्तपुरमा एक जनाले आफनै घरमा आएका पाहुनामाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।
ब्रतबन्धको अवसरमा बिहीबार राति घर आएका पाहुनामाथि स्थानीय कृष्ण सापकोटाले खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट घाइते हुनेमा चन्द्रपुर १० १५ बर्षको ऋषि बजगाई, १८ बर्षका सञ्जु बजगाई, १६ बर्षका सागर बजगाई, वीरगज बस्ने १६ बर्षका अरुण पाण्डे र १६ बर्षका सुरज पाण्डे रहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
घाइतेहरुका अवस्था गम्भिर रहेकाले थप उपचारका लागि भरतपुर अस्पताल लगिएको छ भने घाइते भएका ऋषि बजगाई चन्द्रनिगाहपुर अस्पतालमा उपचार भई रहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो ।
खुकरी प्रहार गर्ने सापकोटा फरार रहेकाले खोजी भै रहेको उहाँले बताउनुभयो । राति करिव २ बजेको समयमा घरमा सुतिरहेको पहुनालाई खकुरी प्रहार गरी सापकोटाले घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । -राकेश यादव