Header Ads

प्रचण्डले संघीयता थाती राख्‍दा के होला ? भन्दा मोर्चामा बबाल

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्षको सात र विपक्षी गठबन्धनको १० प्रदेशको प्रस्ताव अनुसूचीमा राखेर संविधानको मस्यौदा बनाउने प्रस्ताव गरेका छन्।

दाहालको प्रस्तावलाई आन्दोलन तुहाउने रणनीतिको रूपमा विश्लेषण गर्दै गठबन्धनमा रहेका साना दलले आशंकासहित ३० दलीय बैठकमा सहभागी हुने निर्णय गरेका छन्। ुप्रचण्डले हाम्रो १० प्रदेश र सत्तापक्षको सात प्रदेशको प्रस्ताव मस्यौदाको अनुसूचीमा राखेर संविधानसभामा पठाउँदा कस्तो होला भनेर सोध्नु भएछ, त्यसले आशंका जन्मायो, दाहालको बिहीबार बिहानको भनाइबारे एमाओवादीबाहेकका साना दलहरूको साँझ सिंहदरबारमा बसेको बैठकमा रिपोर्टिङ गरिएको थियो।

प्रचण्डले संघीयता थाती राख्‍दा के होला भन्दा मोर्चामा बबाल भएको छ । दाहालले अहिले ल्याएजस्तै प्रस्ताव मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ल्याउँदा सहमति भएको थिएन।एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्षको सात र विपक्षी गठबन्धनको १० प्रदेशको प्रस्ताव अनुसूचीमा राखेर संविधानको मस्यौदा बनाउने प्रस्ताव गरेका छन्।

अन्नपूर्ण पोस्टमा समाचार छ । दाहालको प्रस्तावलाई आन्दोलन तुहाउने रणनीतिको रूपमा विश्लेषण गर्दै गठबन्धनमा रहेका साना दलले आशंकासहित ३० दलीय बैठकमा सहभागी हुने निर्णय गरेका छन्।
Powered by Blogger.