Header Ads

आजदेखि उपत्यकामा महिलाका लागि छुट्टै बस संचालन

काठमाडौ । बागमती यातायात व्यवसायी संघले आजदेखि काठमाडौ उपत्यकाको विभिन्न ठाउँमा महिला यात्रुहरुका लागि मात्र बस सेवा सुरु गरेको छ ।

विभिन्न सरकारी कार्यालय तथा अरु धेरै कार्यालय पर्ने रुटमा अहिलेका लागि कार्यालय समय बिहान र बेलुका बस चलाउने संघका अध्यक्ष भरत नेपालले जानकारी दिनुभयो ।

सार्वजनिक यातायातभित्र महिला यात्रुमाथि दुर्व्यवहार हुने गरेको भन्दै त्यसलाई न्यूनकरणका लागि एउटा उपायका रुपमा यस्तो सेवा शुरु गरिएको उहाँले बताउनुभयो । यो सेवाको अहिले बिहान कलंकीमा उद्घाटन गरिएको छ ।

शुरुमा ४ वटा गाडी कलंकीदेखि, कालीमाटी, त्रिपुरेश्वर, बानेश्वर, कोटेश्वर हुँदै कौशलटाबाट बालकोट र त्यही रुटमा फर्किने जनाइएको छ ।
Powered by Blogger.