Header Ads

संविधानसभा बैठक आज बस्दै

काठमाडौ । संविधानसभा बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा राजनीतिक संवाद तथा सहमति समितिका तर्फबाट सभापति बाबुराम भट्टराईले पेश गर्नुभएको प्रतिवेदनमाथिको छलफललाई आज पनि निरन्तरता दिइने भएको छ ।

प्रतिवेदनमा भोलिसम्म छलफल जारी रहने भएको छ । संवाद समितिले संविधानसभामा बुझाएको प्रतिवेदनमाथि झण्डै एक सातादेखि सभासदहरुले आआफ्नो धारणा राखिरहेका छन् ।
Powered by Blogger.