चरिकोटमा चिसोको कारण एक वृद्धको मृत्यु
चरिकोट । चिसोमा कठ्याङ्ग्रीएर दोलखाको जफे गाविसमा एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जफे गाविस–६ निवासी ६५ वर्षीय नरबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तकुमार लामाले जानकारी दिनुभयो।
मृतकको घरमा कोही नभएको र बेवारिसे अवस्थामा रहेका नेपाली छिमेकी रमणी माझीको घरको बार्दलीमा सुतेको अवस्थामा आज बिहान चिसोले कठ्याङ्ग्रीएर ज्यान गएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।
मृतकको शव परीक्षणका लागि सदरमुकाम चरिकोट ल्याइँदै गरेको प्रहरी निरीक्षक लामाले जानकारी दिनुभयो।