Header Ads

तेल चोर्न आयल निगमले नै यसरि अनुमति दिएपछि ...

काठमाडौं । नेपाल आयल निगमले सिनामंगलस्थित हवाई इन्धन डिपोमा तेल ओसार्ने ट्यांकर चालकसँग ट्यांकरको तल्लोभागबाट तापक्रम नाप्ने सहमति गरेको छ । तल्लो भागबाट तेल मापन गर्दा प्रतिट्यांकर ४५ लिटर तेल चोरी गर्न सकिने निगम स्रोतको भनाइ छ ।

सञ्चित घाटा ३५ अर्ब र ३७ अर्ब ऋणमा रहेको निगमलाई नोक्सानी कम गर्न ट्यांकरको माथिल्लो,मध्य र तल्लो भागको औषत तापक्रम लिन विभिन्न कार्यदलले सुझाव दिएका छन् । तीनपटकसम्म नापरे औसत निकाल्न झन्झट भए ट्यांकरको मध्य भागलाई आधार मानेर तापक्रम नोक्सनीको दर निर्धारण गर्न पनि कार्यदलको सुझाब छ ।

तर निगम व्यवस्थापनले बुधबार चालकसँग ट्यांकरको तल्लोभागबाट मात्र तापक्रम नोक्सानी नाप्ने सहमति गरेको छ । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी संयोजकत्वको कार्यदलले ७ मंसिरमा बुझाएको प्रतिवेदनमा ट्यांकरको तल्लो भागबाट तापक्रम लिँदा करिब ३ डिग्री सेन्टिग्रेड तापक्रम कम हुन्छ ।

 २० किलोलिटरको ट्यांकरमा तीन डिग्री सेन्टिग्रेड तापक्रम फरक पर्दा ४५ लिटर तेल चोरी गर्न सकिने कार्यदलको प्रतिवेदनमा उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.