मिति: २०७१ पौष ५ शनिबार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साताका अधिकांश दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार हानिकारक रहन सक्नेछ। सोम, मंगलबार दानशील रहनेछ। बुध, बिहीबार निकै उत्कृष्ट सम्मान मिल्नेछ। शुक्रबार सबैतिरबाट लाभैलाभ हुनेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
साताको सुरु र अन्तिमका दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार सुखद र रमाइलो यात्राको योग रहेको छ। सोम, मंगलबार प्रतिकूल रहनेछ। बुध, बिहीबार धर्मकर्म गरिनेछ। मानसम्मान पद प्रतिष्ठा प्राप्त हुनेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
साताका प्राय: दिन अनुकूल रहनेछन्। शनि, आइतबार शत्रु परास्त हुनेछन्। आँटे ताकेको काम बन्नेछ। सोम, मंगलबार पारिवारिक सहयोग मिल्नेछ। बुध, बिहीबार नितान्त प्रतिकूल रहनेछ। शुक्रबार परोपकार गरिनेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साताको मध्य भाग अनुकूल रहनेछ। शनि, आइतबार मध्यम रहनेछ। सोम, मंगलबार कार्य प्रगति हुनेछ आत्मबल वृद्धि हुनेछ। बुध, बिहीबार मावलीतिरबाट सन्तोष मिल्नेछ। प्रियजनसँग भेटघाट हुनेछ। शुक्रबार प्रतिकूल रहनेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साताको पछिल्ला दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार दुविधात्मक रहनेछ। सोम, मंगलबार मध्यम प्राय: रहनेछ। बुध, बिहीबार सर्वाधिक सौख्यपूर्ण र उपलब्धियुक्त रहनेछ। शुक्रबार औद्योगिक कार्यदिशा प्रवद्र्धित हुनेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनि, आइतबार उपयुक्त कार्यशैली र निर्णय गरिनेछ। सोम, मंगलबार नितान्त प्रतिकूल रहनेछ। बुध, बिहीबार बौद्धिक चिन्तन गरिनेछ। शुक्रबार शत्रुमाथि विजय प्राप्त हुनेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
साता मिश्रित रहनेछ। शनि, आइतबार मध्यम प्राय: रहनेछ। सोम, मंगलबार सामाजिक सद्भाव प्राप्त हुनेछ। बुध, बिहीबार प्रतिकूल रहनेछ। शुक्रबार बुद्धिविवेक निकै क्रियाशील रहनेछ। शारीरिक स्फूर्ति बढ्नेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
साताको सुरुका दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ। सोम, मंगलबार अर्थशक्ति र वाक्शक्ति बढ्नेछ। बुध, बिहीबार निर्णायक कामको जिम्मा बढ्नेछ। शुक्रबार प्रतिकूल रहनेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
साताका पछिल्ला दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार निकै खर्चिलो रहन सक्नेछ। सोम, मंगलबार भाग्यवद्र्धक कार्यसिद्धि हुनेछ। बुध, बिहीबार बोलीवचनमा प्रभाव बढ्नेछ। शुक्रबार यश, कीर्ति मिल्नेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
साताको सुरु र अन्तिमका दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार प्राप्तिका स्रोतहरू खुल्नेछन्। सोम, मंगलबार शिथिल प्राय: रहनेछ। बुध, बिहीबार भाग्योदय हुनेछ। पढाइलेखाइमा गति थपिनेछ। शुक्रबार अर्थपूर्ण काम गरिनेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
साता प्राय: अनुकूल रहनेछ। शनि, आइतबार मानसम्मान प्राप्ति र उच्चस्तरीय कार्यक्रम बन्नेछ। सोम, मंगलबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ। बुध, बिहीबार प्रतिकूल रहनेछ। शुक्रबार भाग्योदयको अवसर मिल्नेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
साताको मध्य भाग अनुकूल रहनेछ। शनि, आइतबार धर्मकर्ममा व्यवधान आउन सक्नेछ। सोम, मंगलबार आँटेको काममा सफलता मिल्नेछ। बुध, बिहीबार उन्नतिकारक रहनेछ। शुक्रबार अनावश्यक आडम्बर र खर्चले सताउन सक्नेछ।