नवलपरासीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती जङ्गलमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
नारायणगढबाट डण्डाका लागि छुटेको ना३ख ५७१ नम्बरको मिनी बसले सोही दिशातर्फ गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुने जौवारीका डमबहादुर गाहामगर र अर्को महिला रहेको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
बसले मोटरसाइकलाई ठक्कर दिएपछि लतारेर अगाडि ल्याउँदा बसमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीले बस पूर्ण रुपमा क्षति भएको छ । बसमा सवार यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए एकिन भएको छैन तर सवार सबै सकुशल भएको खबर छ प्रनाउ अधिकारीले भन्नुभयो ।
प्रहरी र स्थानीयवासीले बसमा लागेको आगो नियन्त्रणमा लिएका थिए । दमकल नभएका कारण आगो नियन्त्रणमा लिन झन्डै एक घन्टा लागेको थियो । आगजनीले मोटरसाइकल पूर्णरुपमा क्षति हुँदा नम्बर एकीन हुन नसकेको प्रहरीले जनाएको छ ।