Header Ads

आज मिति: २०७१ पुस ६ गते आईतबार, हेर्नुहोस तपाईको यो साता कस्तो रहनेछ त ?

    मिति: २०७१ पौष ६ आईतवार
  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मुहारमा कान्ति छाउनेछ। मान्यजनको सहयोग प्राप्त हुनेछ। शारीरिक परिश्रम बढ्ने हुँदा थकानको अनुभूति होला। स्वास्थ्य सामान्य रहनेछ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    प्रतिष्ठा वृद्धि हुनेछ। भाइबन्धुसँग मनमुटाव हुन सक्छ। परिश्रमअनुसारको प्रतिफल नआउँदा मानसिक पीडा बढ्नेछ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    आकस्मिक धनलाभको योग छ। धार्मिक कार्यबाट आत्मिक शान्ति प्राप्त होला। आफन्तजनबाट प्रशस्त सहयोगको अपेक्षा गर्न सकिनेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    रोजगारीको अवसर मिल्नेछ। विदेश यात्राको योग बन्नेछ। भूमि र वाहनमा धनखर्च गरिएला। कान्तिक्षय हुनेछ। बोलीको प्रभाव बढ्नेछ।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आध्यात्मिक कार्य गर्ने अवसर मिल्नेछ। तीर्थाटन गरिएला। रोजगार र पदप्रतिष्ठाका लागि धन खर्च हुनेछ। सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    मानसिक अशान्ति र चञ्चलता बढ्नेछ। आपसी समन्वय अभावमा तनाव बढ्न सक्छ। मित्रहहरूबाट अन्तर्घातको सम्भावना देखिन्छ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    दाम्पत्य जीवन सुखमय रहनेछ। पारिवारिक समन्वय र सद्भाव बढ्नेछ। मानसिक ताप वृद्धि होला। गुप्त धन प्राप्तिको सम्भावना छ।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    यात्राको योग छ। सामाजिक समन्वय र सद्भाव वृद्धि होला। वैचारिक मतभेद बढ्न सक्छ। मान्यजनको सहयोग प्राप्त हुनेछ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    राजनीतिमा अन्तर्घातको सामना गर्नुपर्ला। मित्रहरू विमुख रहलान्। अनावश्यक मनमुटाव र तनाव बढ्न सक्छ। महत्त्वपूर्ण कार्य विग्रन सक्छ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    मानसिक चञ्चलता बढ्नेछ। शारीरिक दुर्बलता बढ्नेछ। सांगीतिक क्षेत्रमा सहभागिताको अवसर प्राप्त हुनेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    मित्रहरूको सहयोग प्राप्त हुनेछ। वादविवादका कारण मानसिक विचलन उत्पन्न हुनसक्छ। कलासाहित्यको क्षेत्रमा रुचि बढ्नेछ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    कुटुम्बको सहयोग प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। पराक्रम बढ्नुका साथै कार्यमा सफलता मिल्नेछ। विद्याबुद्धि र ज्ञान उदय हुनेछ।
Powered by Blogger.