Header Ads

‘यौन सम्पर्कका लागि केटाकेटी चाहिए फोन गर्नु’ भन्नेले माफी मागे

‘काठमाण्डु उपत्यकामा व्यवसायिक यौन सम्पर्कका लागि किशोरी किशोरी चाहिए फोन गर्नु’ भन्दै मोबाइलमा सन्देश पठाउने संस्थाले आफ्नो कर्तुतबारे घुमाउरो शैलीमा माफी मागेको छ । एसएमएस पठाउने ‘स्वीस संस्था टेरी डेस होम्मेस’ ले आइतबार विज्ञप्ति जारी गरी एसएमएसले सर्वसाधारणमा ‘अन्यथा बुझाई पर्न गएको’ भन्दै त्यसबारे दु:ख व्यक्त गरेको हो ।

‘हाम्रो उद्देश्य काठमाण्डु उपत्यकाभित्र बालबालिकाको यौन शोषणको अन्त्य गराउनका लागि सर्वसाधारणबाट थप आवाज उठाउन सहयोग पुर्‍याउने थियो’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो जानकारीमा आएअनुसार हामीले पठाएको एसएमएसको सन्देशप्रति केही जनसमुदायमा अन्यथा बुझाई पर्न गएकामा हामीले तत्काल अर्को एसएमएस पठाई हाम्रो हाम्रो उद्देश्य र अभियानबारे प्रष्ट पारेका थियौं ।

तथापि केही प्राविधिक कठिनाइका कारण हामीले पठाएको दोश्रो एसएमएस प्राप्त हुनमा केही ढिलाइ भएको थियो । यसप्रति हामी दु:खित छौं ।’ विज्ञप्तिमा अभियानको उद्देश्य बालबालिकाको व्यवसायिक यौन शोषणको अन्त्यका लागि सचेतना वृद्ध गर्नु हरेको भए पनि गलत अर्थ लगाइएको दाबी गरिएको छ ।

उक्त संस्थाले एनटिसी र एनसेलका तीन लाख बोमाइलमा यौन सम्पर्कका लागि किशोरी किशोरी चाहिए फोन गर्नु भन्दै पठाएको एसएमएस भाइरल बनेको थियो । थप जानकारीका लागि भन्दै एनसेलको ९८०८९६९९२१ र ९८०८९७०११ मा फोन गर्न आग्रह गरिएको थियो । प्रहरीले एसएमएस सम्बन्धमा कारबाही गर्ने चेतावनी दिएपछि उक्त संस्थाका पदाधिकारीको भागाभाग भएको थियो ।
Powered by Blogger.