Header Ads

म्याराडोनाले किन फुटाए आफ्नै प्रेमिकाको मोवाइल ?

एजेन्सी । फुटबल जगतमा म्याराडोना जति चर्चित छन्,त्यत्तिकै विवादास्पद पनि । सन्की र मुडी स्वभावकै कारण म्याराडोना अन्य लिजेन्ड फुटबलरभन्दा चर्चामा आउने गर्छन् । ब्रिटिस मिडियाले म्याराडोनाको नयाँ स्क्यान्डल पर्दाफास गरेका छन् ।

म्याराडोनाले ३१ वर्षीया प्रेमिका रोसिया ओलिभाको मोवाइल टुक्रा पारेको र त्यसपछि प्रेमिका पिटेको ब्रटिस मिडियाले खुलासा गरेका छन् । मिडियाका अनुसार गत महिना राजधानी ब्युनर्स आयर्सको एक होटेलमा म्याराडोनाले प्रेमिका कुटेका थिए । एक कार्यक्रममा सहभागी भएपछि यो जोडी रात बिताउन होटेल पुगेको थियो । लामो यात्राको थकान मेटाउन म्याराडोना फ्रेस हुन शौचालय गए ।

उता ओलिभा मोबाइल चलाउन ब्यस्त थिइन् । ओलिभाले प्रेमिका तत्काल फ्रेस नहुने अनुमान लगाइन् । त्यसैको फाइदा उठाउँदै ओलिभाले आफ्नो मोबाइलमा अत्यन्तै गोप्य भिडियो हेर्न थालिन् । उनी यतिसम्म मोबाइलमा रमाइन् कि आफूपछाडि म्याराडोना उभिरहेको समेत चाल नै पाइनन् ।

र,म्याराडोनाले पनि भिडियो क्लिप सुटुक्क हेरे । यसबीच म्याराडोनाले अलिभासँग केही प्रश्न राखे । बारम्बार जवाफ नफर्काउँदा आफ्नो अपमान भएको ठान्दै म्याराडोनाले ओलिभाको मोबाइल नै खोसेर सोफामा हुत्याए । मोबाइल कार्पेटमा टुक्रा भएको देख्दा ओलिभा जवाफबिहीन भइन् । त्यतिले पनि म्याराडोनाको रिस थामिएन । उनले सोफामा बसिरहेकी प्रेमिकालाई एक मुक्का बर्साए । त्यतिले नपुगेर उनले अर्को मुक्का पनि थपे ।
यस बारेमा भिडीयो क्लिप हेर्नलाई तस्बिर मुनि क्लिक गर्नुहोला !
Powered by Blogger.