मिति: २०७१ पौष १२ शनिबार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साताको सुरु र अन्तिमका दिनहरू अनुकूल रहनेछन्। शनिबार राम्रो सफलता र लाभ मिल्नेछ। आइत, सोमबार खर्चिलो रहन सक्नेछ। मंगल, बुधबार भाग्यवर्धक अवसर प्रकट हुनेछ। बिही, शुक्रबार बोलीवचनमा प्रभाव बढ्नेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
साताका अधिकांश दिन अनुकूल रहनेछन्। शनिबार मानोन्नतिका लागि महत्त्वपूर्ण अवसर मिल्नेछ। आइत, सोमबार नवीन आयस्रोत खुल्नेछ। मंगल, बुधबार केही आडम्बरपूर्ण व्यवहार हुनसक्छ। बिही, शुक्रबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
साताका सुरुका दिनहरू अनुकूल रहनेछन्। शनिबार धर्मकर्ममा रुचि बढ्नेछ। आइत, सोमबार सम्मानित भइनेछ। मंगल, बुधबार सबै प्रकारले अनुकूल र लाभदायक रहनेछ। बिही, शुक्रबार व्यवधान बढ्नेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साता उत्तरोत्तर अनुकूल रहनेछ। शनिबार प्रतिकूल रहनेछ। आइत, सोमबार परोपकार गरिनेछ। दानपुण्यले मन सन्तोष हुनेछ। मंगल, बुधबार कार्यक्रमको व्यस्तता बढ्नेछ। बिही, शुक्रबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साताको सुरु र अन्तिम अनुकूल रहनेछ। शनिबार निकै सुखद र रमाइलो रहनेछ। आइत, सोमबार हानिकारक रहन सक्नेछ। मंगल, बुधबार दानशील रहनेछ। बिही, शुक्रबार आँटेको काममा सफलता मिल्नेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
साताको सुरु र अन्तिमका दिनहरू अनुकूल रहनेछन्। शनिबार शत्रु परास्त हुनेछन्। आइत, सोमबार मावली पक्षबाट आवश्यक सहयोग मिल्नेछ। मंगल, बुधबार प्रतिकूल रहनेछ। बिही, शुक्रबार अध्यात्मवादी चिन्तन बढ्नेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
साताका प्राय: दिन अनुकूल रहनेछन्। शनिबार बौद्धिक काम गरिनेछ। आइत, सोमबार आँटेताकेको काम सजिलैसँग सम्पन्न हुनेछ। मंगल, बुधबार यात्रा, व्यवसाय र भेटघाट बढ्नेछ। बिही, शुक्रबार प्रतिकूल रहनेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
साताको सुरुबाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन्। शनिबार मनमा भय र दुविधा उत्पन्न हुन सक्नेछ। आइत, सोमबार प्रतिस्पर्धा सार्थक रहनेछ। मंगल, बुधबार कार्य प्रगति हुनेछ। बिही, शुक्रबार अत्यन्त सार्थक रहनेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
साताको मध्यका केही दिनबाहेकका अरू दिन अनुकूल रहनेछन्। शनिबार निर्णायक कामको जिम्मा बढ्नेछ। आइत, सोमबार प्रतिकूल रहनेछ। मंगल, बुधबार बुद्धिविवेक क्रियाशील रहनेछ। बिही, शुक्रबार निजी काममा विजय मिल्नेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
साताको सुरु र अन्तिमका दिनहरू अनुकूल रहनेछन्। शनिबार आर्थिक र मौखिक पक्ष सबल रहनेछ। आइत, सोमबार कार्यगत तीव्रता थपिनेछ। मंगल, बुधबार प्रतिकूल रहनेछ। बिही, शुक्रबार निर्णय क्षमता बढ्नेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
साताको सुरुका अधिकांश दिन अनुकूल रहनेछन्। शनिबार उन्नतिकारक र भाग्यवर्धक रहनेछ। आइत, सोमबार अर्थपूर्ण काम गरिनेछ। सहकार्यमा लाभ हुनेछ। मंगल, बुधबार क्रियाशीलता बढ्नेछ। बिही, शुक्रबार प्रतिकूल रहनेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
साताका अधिकांश दिन अनुकूल रहनेछन्। शनिबार नितान्त प्रतिकूल रहनेछ। आइत, सोमबार भाग्योदय हुनेछ। मंगल, बुधबार वाक्शक्ति र अर्थशक्ति बढ्नेछ। बिही, शुक्रबार उत्तरदायित्व बढ्नेछ। यश, कीर्ति मिल्नेछ।