Header Ads

रविलाई मिस्टर फिटनेस फस्ट उपाधि - फोटो फिचर सहित

काठमाडौं । रविजंग थापाले प्रथम मिस्टर फिटनेस फस्ट इन्ट्रा शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । उपाधिसंगै रविले १० हजार नगद, फ्रिज र डिस होम बक्स पुरस्कार वापत पाए । कलंकीको ढुंगेअड्डास्थित फिटनेस फस्ट पर्फेक्ट क्लबद्वारा आयोजित प्रतियोगतामा हरि राउत दोश्रो र प्रतिष्ठितलाल श्रेष्ठ तेश्रो भए । हरिले ५ हजार र प्रतिष्ठितले ३ हजार नगद पुरस्कार प्राप्त गरे । दुवैलाई डिस होम बोक्स पनि उपहार स्वरुप प्रदान गरियो । प्रतिष्ठितले उत्कृष्ट ‘पोजर’ को उपाधि पनि हात पारे । त्यस वापत उनले माइक्रोमेक्स मोबाइल हात पारे ।

चौथो भएका समिन केसीले २ हजार, पाँचौंका प्रितम खड्गीले १ हजार ५ सय र छैटौंका मिलन श्रेष्ठले १ हजार नगद पुरस्कार थापे । त्यस्तै सातौंका समित महर्जन, आठौंका एमके महर्जन, नवौंका विवेक श्रेष्ठ र दसौंका लालबहादुर गुरुङले समान ५–५ सय नगद पुरस्कार जिते । विजेतालाई डा. मदनमान मल्ल, डा. नारायण सुवेदी, पहिलो मिस्टर नेपाल शिवलाल श्रेष्ठ, आयोजक क्लबका संस्थापकद्वय लक्ष्मण भट्ट र विनोद महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । उक्त अवसरमा मिस्टर धर्मश्री उपाधि विजेता महेश्वर महर्जन र भारतमा भएको छैटौं विश्व शारीरिक सुगठन च्याम्यिनसिपअन्तर्गत फिट्नेस फिजिक्समा रजत जितेका विमललाल श्रेष्ठलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरी आयोजक क्लबले सम्मान गरेको थियो । एकदिने प्रतियोगितामा १८ प्रतिस्पर्धी सहभागी थिए । fitnes fitnes1 fitnes2 fitnes3
Powered by Blogger.