Header Ads

पहिचान सहितकोे संघीयता माग गर्दै प्रदेशीक भेला आयोजना , संघीय राज्यमा शेर्पा प्रदेश अनिवार्य हुनुपर्ने

सल्लेरी, सोलुखुम्बु । पहिचान र संघीयता सहितको संविधान जारी गर्न दवाव दिने उद्देश्यले आयोजना गरिएको बृहत्त प्रदेशीक भेलाको शुरु भएको छ । सल्लेरीको नयाँबजारमा आयोजना गरिएको भेलाले जातीय वसोवास र वहुलियताको आधारमा जातिको नामबाट स्वायत्त राज्य स्थापना गर्नुपर्ने माग राख्दै भेला आयोजना गरिएको हो । पद्यरत्न तुलाधारको उपस्थितीमा आयोजित भेलाको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन संघर्ष समितिले आयोजना गरेको हो । 

शेर्पा स्वायत्त प्रदेश स्थापना संघर्ष समितिको व्यवस्थापनमा भएको भेलाले शेर्पा स्वायत्त प्रदेश स्थापना गराई छाड्ने गरी आन्दोलनका थप कार्यक्रम समेत सार्वजनिक गर्ने बुझिएको छ । शेर्पा स्वायत्त प्रदेश स्थापना अनिवार्य हुनुपर्ने माग रहेको बताइएको छ । भेलामा सहभागि हुन आएका आदिवासी अगुवाहरुले जातलाई राज्य पाउनु पर्छ भन्ने आफूहरुको माग नभएको बताउँदै जातिको पहिचानको आधारमा संघीय राज्यको नामकरण हुनुपर्छ भन्ने रहेको स्पष्ट पारे । पहिचान सहितको संघीयता माग गर्दा कतिपयले गलत तवरले अथ्र्याउने गरेको भन्दै उनीहरुले संघीयता र पहिचान नबुझ्नेहरुले त्यसको व्यख्या गरेर समय वर्वद पर्ने र अरुलाई भ्रममा पार्ने काम गरिरहेको आरोप लगाए । 

संघीय राज्यको स्थापना हुँदा शेर्पा स्वायत्त प्रदेश स्थापना अनिवार्य हुनुपर्ने, स्वायत्त राज्यको नामकरण हुँदा पहिचान झल्कने गरी जातिको नामबाट राखिनु पर्ने, जातिय पहिचानमा समेट्न नसकेका जातिलाई उपराज्यमा समेटिन सकिने उनीहरुको तर्क छ । आदिवासी जनजातिहरुले विगतमा गरेका आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरु संस्थागत हुन नसकेको प्रति दुःख व्यक्त गर्दै उनीहरुले पहिचान र अधिकार प्राप्त नभएसम्म कुनैपनि सम्झौतामा आन्दोलन नटुंगिने बताए । २५ बर्ष लगातार आन्दोलन गरेर उपलब्धि हासिल गरेको उदाहरणहरु आफूहरु माझ रहेको बताउँदै सरकारले अन्तर्राष्ट्रिय सन्धी सभ्झौताहरुको समेत उलंघन गर्दै आदिवासीलाई अधिकार विहिन तुल्याउने चेष्ट गरिरहेको आरोप लगाए । 

 ढुंगा, माटोलाई पहिचान नचाहिने तर्क गर्दै आदिवासी शेर्पा स्वायत्त प्रदेश संघर्ष समितिका संयोजक आङ दोर्जी शेर्पाले सगरमाथा विश्वमा चिनिने र आफैंमा पहिचान भएले त्यसलाई चिनाउन संघीय राज्यको नामकरण गर्नु गलत हुने दाबी गरे । प्रदेशीक भेला आयोजना हुँदै गर्दा संयोजक शेर्पाले पहिचान विनाको संविधान जारी भएमा त्यसलाई स्वीकार्न नसकिने स्पष्ट पारे । एक सञ्चारमाध्यमसँग कुराकानी गर्दै शेर्पाले समयमा संविधान जारी गर्ने नाउमा राणाकालिन वा पञ्चायतकालिनको जस्तो संविधान ल्याउन खोजे त्यसलाई कुनै पनि हालमा आदिवासी जनजाति र शेर्पाहरुले प्रतिवाद गर्ने बताए ।

 पहिचान खोज्दा जातीय द्धन्द्ध निम्त्याउन खोजेको आरोप लाग्ने गरेको बताउँदै शेर्पाले आफूहरु कुनै पनि नाममा जाति वीच द्धन्द्ध हुन नहुने पक्षमा रहेको बताए । भेलामा सहभागि भइदिन आयोजकले सबैलाई अनुरोध गरेको छ । उनीहरुकै शब्दमा आयोजकले आन्दोलनको कायक्रम अन्तर्गतनै भेला आयोजना गरिएको र अबको आन्दोलन संघर्ष विहिन र उपलब्धी सहितको हुने बताइएका छन् । 

कार्यक्रममा रोज मोक्तान, मिङमा शेर्पा लगायतका कलाकार स्थानीय शेर्पा जातिको श्याब्रु नृत्य समेत प्रस्तुत गर्ने कार्यक्रम छ । भेलामा हिमाली जिल्लाका शेर्पाहरुको वाक्लो उपस्थिती छ
Powered by Blogger.