Header Ads

होटल सञ्चालक सहित ६ जना आपत्तीजनक अवस्थामा यसरि पक्राउ परे

झापा । इलाका प्रहरी कार्यालय विर्तामोड झापाले यौन व्यवसायमा संलग्न रहेको आरोपमा होटल सञ्चालकसहित छजनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिक्किम होटलका सञ्चालक सन्तोष गजमेरसहित छ जनालाई इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतको नेतृत्वमा गएको प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुलाई युनिक र सिक्किम होटलबाट आपत्तीजनक अवस्थामा पक्राउ गरिएको बताइएको छ । केही दिनदेखि चितवन, काठमाडौँ, धरान र पोखराबाट ती होटलमा २०-२२ वर्षका केटी राखेर गजमेरले यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारी छ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक राउतले जानकारी दिनुभयो ।

Powered by Blogger.