Header Ads

'मोदीको नक्कल गर्दा तीतोसत्यको प्रशारण रोकिने, यो कस्तो लोकतन्त्र ?'

काठमाडौं । नेपाल टेलिभिजनबाट हरेक बिहीबार प्रशारण हुँदै आएको हाँस्यव्यङ्ग्य कार्यक्रम तीतो सत्यको हिजोको नियमित प्रशारण रोकिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरेको भन्दै प्रसारण रोकिएको दिपाश्री निरौलाले बताइन् ।

 'टेलिभिजनले नयाँ कार्यक्रम मागेको थियो, तर यसमा हामीले आपत्ति जनाउँदै नयाँ कार्यक्रम दिएनौँ' निरौलाले भनिन् 'टेलिभिजनले पुरानो कार्यक्रम प्रशारण गरिदियो।' 'माधव नेपाल, सुशील कोइराला, बाबुराम भट्टराईको क्यारिकेचर गर्न हुने मोदीको गर्दा रोकिने' यो कस्तो लोकतन्त्र हो दिपाले भनिन्।

 श्रृंखलामा गाँउमा विकासको काममा ढिलासुस्ती देखिएपछि एक ब्यक्तिलाई नक्कली मोदी बनाएर ल्याएपछि विकासको काम धमाधम हुन थालेको देखाइएको दिपकराज गिरीले आफ्नो फेसबुकमार्फत बताएका छन्।

तीतो सत्यमा देखाइएको विषयमा दुई देशबीचको सम्बन्धमा आँच आउने कुनै बिषय नभएको र मोदीलाई नराम्रो नदेखाइएको गिरीले बताए। 'संवाद हिन्दी भयो पनि भनियो' गिरीले भने 'मोदीको अभिनय गर्दा शायद भाषा चाइनिज हुन सक्दैन।'- नगरिकन्यूज बाट
भिडियो क्लिप हेर्नको लागि तस्बिरमुनि क्लिक गर्नुहोला !
Powered by Blogger.