ऋतिक रोशन साइबर क्राइमका शिकार
एजेन्सी । तेस्रो पटक एसियाको सबैभन्दा सेक्सी पुरुषको उपाधि जित्न सफल बलिउडका अभिनेता ऋतिक रोशन साइबर क्राइमको शिकार भएका छन् । आफ्नो भुटो इमेल अकाउन्टका कारण तनावमा परेका ऋतिकले यो विषयमा पुलिसलाई जानकारी दिइसकेका छन् ।
एक अपरिचित व्यक्तिले उनको नामको झुटो इमेल आइडी बनाएर मानिसहरुलाई दुःख दिइरहेको बुझिएको छ । ऋतिकले ती व्यक्तिलाई छिटोभन्दा छिटो खोजी गर्न पुलिसलाई आग्रहसमेत गरेका छन् । पुलिसलाई दिएको चार पानाको उजुरीमा उनले उक्त इमेल आइडीलाई ब्लक गर्नसमेत आग्रह गरेका छन् ।
उनका अनुसार उनको एचरोशन एट दी रेट इमेल डट कम नामबाट बनाइएको इमेल आइडीबाट एक व्यक्तिले ऋतिक बनेर उनका फ्यानहरुसँग कुरा गरिरहेका छन् । एक महिलाले उक्त आइडीलाई नै आधिकारीक आइडी मानेर आफ्नो फिल्मका केहि अंश र थुप्रै तस्बिरहरु त्यहाँ पोष्ट गरेपछि उनले यो कुराको संकेत पाएका हुन् ।
तत्पश्चात ऋतिकले तुरुन्त पुलिसलाई सो कुराको जानकारी दिँदै यस्तो घटनाले आफ्नो र आफ्ना फ्यानहरुको प्रतिष्ठामा आँच आउने सक्ने बताए ।