नेताहरु किन लगाउँछन् औंठी, कस्ता औंठी लगाउछन जान्नुहोस
काठमाडौं । नेपाली नेताहरु औँठीका सौखिन छन् । उपराष्ट्रपति परमानन्द झा,प्रधानमन्त्री सुशील कोइराला,संविधानसभा अध्यक्ष सुवास नेम्वाङ,पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्दसहित औँठी लगाउने नेताहरुको लामै सूची छ ।
उनीहरुको औँठी प्रसंग पनि रोचक छन् । कतिपयले ज्योतिषको सल्लाहमा राशिअनुसारको पत्थरजडित औंठी भिरेका छन्,कतिपय आफ्नो औंठीलाई प्रेमको प्रतिक बताउँछन् भने कतिले उपहार पाएर लगाएका छन् । धेरै नेताले श्रीमतीको सिफारिसमा औंठी लगाएका छन् । पूर्वमन्त्री तथा तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले हातका सात औंलामा औंठी लगाएका छन् ।
सातवटै औंठी फरकफरक धातुका छन् । मन्त्री हुँदा मन्त्रिपरिषद् ,दलहरुको बैठकदेखि कार्यकर्तामाझसम्म उनले लगाएका औंठीबारे चर्चा हुन्छ । प्रधानमन्त्री सुशील कोइरालाले दायाँ हातको चोर र साइली औंलामा औंठी लगाएका छन् । उनका औंठीका बारेमा पनि बेलाबेला चर्चा हुने गरेको छ ।
प्रधानमन्त्री भइसकेपछि आफूसँग तीनवटा मोवाइल सेटमात्र भएको सम्पत्ति विवरण पेस गरेपछि सामाजिक सञ्जालमा कोइरालालाई प्रश्नका खात लागे ,‘तपाईंका हातमा भएका औंठीचाहिँ कसको सम्पत्ति हो नि प्रधानमन्त्रीज्यू । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

