Header Ads

नायिकाको लगेज एअरपोर्टमै चोरी भएपछि हंगामा

हङकङ,एजेन्सी । बलिउड नायिका मानस्भी मनगाईको लगेज हङकङको एअरपोर्टमा चोरी भएको छ। मिड डे पत्रिकाका अनुसार एअरपोर्टमा रहेको पसलमा फोन कार्ड किन्न जाँदा उनको लगेज हराएको हो।

लगेजमा कपडा र सुनका गहना रहेको उनले बताएकी छन। फिल्म एक्सन ज्याक्सनको पार्टीका लागि उनी हङकङ गएकी थिइन। फिल्ममा उनले पनि खेलेकी छन।

 चोरी भएको लगेजको बारे सिसिटिभी फुटेज हेरेर अनुसन्धान गरिरहेको हङकङ प्रहरीले जनाएको छ।
Powered by Blogger.