Header Ads

युवती बेच्न भारत लैजाने युवक चिसो जेल चलान

गौशाला । महोत्तरीको सीमानाका प्रयोग गर्दै युवती बेच्न भारत लैजाने क्रममा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत महोत्तरीले आज पुर्पक्षका लागि जेल चलान गरेको छ । जेल चलान हुने महोत्तरीको नैन्ही– २ बस्ने बुच्ची झाका २२ वर्षीय छोरा प्रदीप झा हुन् ।
 मङ्सिर ११ गते काठमाडौँ घर भएका एक युवतीलाई ललाइफकाई भारत बेच्न जाँदै गरेको अवस्थामा प्रदीप झालाई महोत्तरीको मूल सीमानाका भिट्ठामोडमा अवस्थित प्रहरी चौकीले युवतीसहित पक्राउ गरेको थियो ।

झालाई प्रहरीले मानव बेचबिखन मुद्दा चलाएर महोत्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जलेश्वर कारगारमा पठाइएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।
Powered by Blogger.