Header Ads

नेपालकी आस्थालाई भारतीय किगंफिसर सुपरमोडल २’ को उपाधि

‘किगंफिसर सुपरमोडल २’ को उपाधी जितेकी छिन्। १९ वर्षीय आस्थाले प्रतियोगिताको अन्तिम चरणमा ९ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन।

नर्सिङ विधार्थीसमेत रहेकी काठमाडौकी आस्थाले उपाधि जितेसँगै किगफिसरको सन १०१५ को क्यालेन्डरमा देखिने छिन्।

भारतको प्रसिद्द उधोगपति विजय माल्याको यूनाइटेड ब्रुअरीले प्रकाशित गर्ने यस क्यालेन्डरमा मोडलहरुले स्वीमस्वीटमा तस्विर खिचाउने गर्छन्।

यसलाई भारतको मोडलिङ क्षेत्रमा निक्कै प्रतिष्ठित मानिन्छ। यस क्यालेन्डरमा देखिएका थुप्रै मोडलहरूले पछि बलिउडमा पनि सफलता हात परेका छन्।

क्यैटरिना कैफ, दिपिका पादुकोण, याना गुप्ता, उज्वला राउत, नरगिस फकरी, लिजा हेडन आदि यो सूचीमा पर्छन्। विजयी बनेपछि गत आइतबार फेसबुकमा स्टाटस लेख्दै आस्थाले आफू ‘किङफिसर मोडल हन्ट’को विजेता भएको घोषणा गर्न पाँउदा धेरै खुशी लागेको व्यक्त गरेकी छिन्।
Powered by Blogger.