जापानमा जोलीको चलचित्र प्रतिबन्धित
एजेन्सी । विश्वविख्यात अभिनेत्री एन्जेलिना जोली अभिनीत प्रदर्शोन्मुख चलचित्र ‘अनब्रोकन’ जापानमा प्रतिबन्ध गर्न माग गरिएको छ। सो चलचित्र जापानमा कतै पनि प्रदर्शन गर्न नदिन जापानी जनताले माग गरेका हुन्।
समाचारस्रोतका अनुसार यो चलचित्रमा दोस्रो विश्वयुद्धताका जापानी सैनिकले मानिसलाई बन्दी बनाएर गरेको खराब आचरण समेटिएको बताइएको छ। अमेरिकी ओलम्पियन लुइस जैपरिनीको कहानीमा आधारित भए पनि यस चलचित्रमा दोस्रो विश्वयुद्धको बेला जापानी सेनाले बन्धक बनाएका कैदीका बारेमा पनि देखाइएको छ।
चलचित्रमा विमान दुर्घटना भएपछि बन्दीहरू प्रशान्त महासागरमा ४७ दिन अलमल परेका र दुई वर्षसम्म उनीहरूले श्रमिकका रूपमा काम गरेको देखाइएको छ। ती बन्दीलाई जापानी सैनिकले शोषण गरेका चलचित्रमा देखाइएकाले विवाद भएको बताइएको छ।