मिति: २०७१ पौष १३ आईतवार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आम्दानीका नयाँ स्रोत फेला पर्नेछ। मित्रहरूले विश्वास गर्नेछन्। शत्रु परास्त हुनेछन्।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
शैक्षिक प्रतिस्पर्धा बढ्नेछ। थोरै प्रयासमा महत्त्वपूर्ण कार्य सफल हुनेछन्। धन आर्जन गर्ने अवसर जुट्नेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
पारिवारिक सम्बन्धमा सुधार आउनेछ। व्यापार व्यवसायमा प्रशस्त लाभ मिल्नेछ। गलत विचार बढ्नाले निर्णायक क्षमतामा कमी आउनेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आयआर्जनमा अवरोध आउन सक्छ। वैदेशिक व्यापारमा झमेला पर्नेछ। आफन्तसँग सम्बन्ध बिग्रिन सक्छ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
राजनीतिमा कठिनाइ सामना गर्नुपर्नेछ। कूटनीतिक तरिकाबाट समस्या समाधान होला। नयाँ सन्देश र शुभकामना प्राप्त हुनेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
धनधान्य वृद्धिका सम्भावना छ। सिर्जनात्मक लेखनको क्षेत्रमा प्रगति हुनेछ। दाजुभाइको सहयोग मिल्नेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्यमा सुधार आउनेछ। पारिवारिक मनोमालिन्य दूर हुनेछ। शिक्षा क्षेत्रमा बाधा उन्पन्न हुनेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मान्यजनको सहयोग प्राप्त हुनेछ। सामाजिक दायित्व बढ्नेछ। मनमा चिन्ता र ग्लानि बढ्नेछ। शारीरिक दुर्बलता बढ्न सक्छ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आध्यात्मिक क्षेत्रमा प्रगतिको योग छ। विलासिताका सामग्रीको संग्रहमा रुचि बढ्नेछ। नयाँ योजना बन्नेछन्।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
न्यायिक पक्ष सबल रहनेछ। नयाँ कार्यको थालनी गर्ने अवसर मिल्नेछ। वैदेशिक यात्राको योग छ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ। चौपाया तथा कृषिकार्यबाट प्रशस्त लाभ मिल्नेछ। कान्ति बढ्नेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ। शारीरिक तथा मानसिक थकान बढ्न सक्छ। दैनिक कार्यमा परिवर्तनको योग छ।