Header Ads

उत्तरकोरियाद्धारा ओबामालाई किन 'बाँदर'को संज्ञा दिए ?

सोल, एजेन्सी । सोनी पिक्चर्समाथि भएको साइबर आक्रमणलाई लिएर अमेरिका र उत्तरकोरियाबीच भनाभनको स्थिति बनेको छ। उत्तरकोरियाली नेताको हत्याको दृश्य देखाउने फिल्म 'द इन्टरभ्यु' प्रदर्शन भएपछि उत्तरकोरिया झन् आक्रोशमा आएको छ। उसले अमेरिकी राष्ट्रपति बाराक ओबालाई 'बाँदर' भन्न पुगेको छ। उत्तरकोरिया फिल्म प्रदर्शन नहोस् भन्ने चाहन्थ्यो।

उत्तरकोरियामा नेसनल डिफेन्स कमिसन (एनडिसी) लाई सबैभन्दा शक्तिशाली संस्थान मानिन्छ। एनडिसीले शनिबार भनेको छ, 'फिल्म द इन्टरभ्यु प्रदर्शन हुनुका पछाडि ओबामाको हात छ।' सोनी पिक्चर्सको हास्यप्रधान फिल्म 'द इन्टरभ्यु'मा उत्तरकोरियाका नेता किम जोङ उनको काल्पनिक हत्या देखाइएको छ। उक्त फिल्ममा जेम्स फ्रान्को र सेथ रोजेनले पत्रकारको भूमिका निर्वाह गरेका छन्।

 अमेरिकी गुप्तचर संस्था (एफबिआई) ले सोनीमाथि भएको साइबर आक्रमणमा उत्तरकोरियाको हात रहेको आरोप लगाएको छ। उत्तरकोरियाले यो आरोप अस्वीकार गर्दै सोनी पिक्चर्समा भएको साइबर आक्रमणमा अमेरिकासँग मिलेर संयुक्त जाँच गराउन आफू तयार रहेको जनाएको थियो। हालै उत्तरकोरियामा केही समयका लागि इन्टरनेट सेवा अवरुद्ध भयो।

अमेरिकाले नै आफ्नो देशमा इन्टरनेट अवरुद्ध गर्ने गरेको आरोप उत्तरकोरियाली अधिकारीहरूको छ। एफबिआईका एक अधिकारीले भने, 'ओबामाले सधैं शब्दलाई लिएर लापरबाही अपनाउने गर्छन्। उनी बाँदरजस्तो व्यवहार गर्छन्।' अमेरिकी फिल्म निर्माता कम्पनी सोनी पिक्चर्सले क्रिसमसको दिन फिल्म प्रदर्शन गरेको ओबामाले प्रसन्नता व्यक्त गरेका थिए। यो फिल्म अमेरिकाको करिब दुई सय सिनेमाघरमा चलिरहेको छ।
Powered by Blogger.