बलिउड अभिनेत्री प्रियंका चोपडा अब अमेरिकन टिभी च्यानल ‘एबीसी’ मा
मुम्बइ । इन्टरनेशनल म्यूजिक वर्ल्डमा पहिलेनै आफ्नो गायकीबाट नाम कमाइसकेकी बलिउड स्टार प्रियंका चोपडाले अब अमेरिकी टिभी च्यानल ‘एबीसी’ टेलीभिजन स्टूडियोजका साथमा एक बर्षको कन्ट्र्याक्ट गरेकी छन ।प्रियंकाले आफ्नो ट्विटरमा एक ट्वीट गर्दै लेखेकी छिन, ‘एक अर्को नयाँ कदम मेरो क्रिएटिभिटीको नयाँ यात्रा.. अब शुरू हुन्छ ।
एक वेबसाइटको रिपोर्ट अनुसार, ‘कृष 3′, ‘बर्फी’ र ‘मेरी कोम’जस्ता ब्लकबस्टर हिन्दी फिल्महरूमा काम गरिसकेकी ३२ बर्षीया प्रियंका ‘एबीसी’ को नयाँ प्रोजेक्टमा देखिने भएकी छन ।
‘एबीसी’ टेलिभिजनकी कास्टिङ प्रमुख केली ली प्रियंकाका साथमा कन्ट्र्याक्ट गर्नका लागी बिशेष रूपमा भारत आएकी थिइन ।
प्रियंकाले एक विज्ञप्तीनै जारी गरि भनेकी छन, ‘म लामो समयदेखि एबीसीको कार्यक्रमहरूको प्रशंसक रहेकी छु र यसले आफ्नो मूख्य भूमिका मार्फत जसरी टेलिभिजनको रूप रेखा बदलिदिएको छ ।
प्रियंकाले अगाडी भनिन कि, ‘म भाग्यमानी छु किनभने ‘एबीसी’ नेटवर्कका साथ आफ्नो ट्यालेन्टलाइ शेयर गर्ने अवसर मलाइ प्राप्त भएको छ । प्रियंकाले यस अघि पिटबुल र विलियम जस्ता पप स्टार्सका साथमा पनि काम गरिसकेकी छन ।
