Header Ads

संविधान जारी भए भोलिपल्टै जलाउने आक्रोस

संविधानसभामा रहेका दलहरूसंविधानका अन्तरवस्तुमा सहमति हुन नसक्दा माघ ८ मा संविधान जारी हुने वा नहुने अन्योल रहेका बेला नेकपा(माओवादीले संविधान जलाउने घोषणा गरेको छ। सो पार्टीले माघ ८ गते संविधान जारी भए ९ गते जलाउने घोषणा मंगलबार गरेको हो।

पश्चगामी र यथास्थितिवादी संविधान बनाउन खोजिएको भन्दै माओवादीले संविधानसभा विघटन र अधिकार सम्पन्न सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा गठनका लागि संघर्षको घोषणा गरेको छ।

राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्न पार्टी केन्द्रीय कार्यालय बुद्वनगरमा आयोजित पत्रकार सम्मेलनमा घोषणा गरिएका संघर्षका कार्यक्रममा माघ ९ गते सबै जिल्ला सदरमुकाममा संविधान जलाउने उल्लेख छ। माघ ८ गते कथित संविधान जारी भए पार्टीले भोलिपल्टै जलाउनेछु, जलाउने पत्रकार सम्मेलनमा वितरित प्रेसविज्ञप्तिमा उल्लेख छ। पार्टीले पुस २५ गते पूर्वाञ्चल, पुस २७ गते पश्चिमाञ्चल, पुस २८ गते मध्यपश्चिमाञ्चल, पुस २९ गते मध्यमाञ्चल आमहडताल गर्ने घोषणा गरेको छ।

माघ २ गते सबै जिल्ला सदरमुकाममा साँझ जुलुस प्रदर्शन गर्ने, माघ ३ गते पश्चगामी संविधानको खारेजी र ताप्लेजुङलगायतका जिल्लामा पार्टी कार्यकर्ताविरुद्ध लगाइएका झूटा मुद्दाको खारेजीका लागि देशव्यापी आमहडताल गर्ने कार्यक्रम सो पार्टीले सार्वजनिक गरेको छ।  अन्नपूर्ण पोस्ट
Powered by Blogger.