Header Ads

ग्रिसको एक द्वीपनजिकै जलिरहेको जहाजबाट उद्धारका लागि यात्रुको आग्रह

एथेन्स । ग्रिसको कोर्फु द्वीपनजिकै आइतबार एक जलिरहेको जहाजबाट हतास यात्रुहरूले मोबाइल फोनमार्फत आफ्नो उद्धारका लागि आग्रह गरेका छन् भने उद्धारकर्मीहरू कडा हावाबीच उनीहरूसम्म पुग्न प्रयास गरिहेका छन् । प्रतिघण्टा १०० किलोमिटर गतिको हावाबीच उद्धारकर्मीहरूलाई ‘नोरम्यान एटलान्टिक’ नामक उक्त जहाजसम्म पुग्न निकै कठिन भएको छ भने उनीहरूले हालसम्म त्यसका ४७८ यात्रुमध्ये १५० लाई उद्धार गर्न सफलता प्राप्त गरेको ग्रिसका अधिकारीहरूले बताएका छन् ।

उक्त जहाज रहेको जलक्षेत्रमा निकै छाल आएका कारण केबल ३५ व्यक्तिलाई उद्धार डुङ्गाबाट ट्याङ्करसम्म ल्याउन सकिएको जानकारी ग्रिसका समुद्रासम्बन्धी मन्त्री मिलटियाडिस भर्भिटसिओटिसले बताउनुभयो । उहाँले उक्त जहाजलाई हावाबाट जोगाउन सातवटा व्यापारिक जहाजले घेरेको र ग्रिस तथा इटालीका अग्निनियन्त्रक जहाजहरू उक्त स्थलतर्फ गएको बताउनुभयो ।

इटालीका नौसैनिक प्रवक्ता रिकार्डो रिजोटोले चार हेलिकप्ट घटनास्थलमा पुगेको र जहाजका प्रमुख नाविकले तटरक्षकलाई आफ्नो जहाज अल्बानियाली तटीयक्षेत्रतर्फ गइरहेको जानकारी दिएको बताउनुभयो । उहाँले मौसमको अवस्था निकै नराम्रो भएकाले आफूहरूलाई असाधारण सहयोगको आवश्यकता भएको र त्यो आफूहरूले पाएको बताउनुभयो । कुनै यात्रु पानीमा खसेको विषयमा भने कुनै जानकारी प्राप्त भएको छैन । इटालीका ५८ वर्षीय एक पुरुषलाई ‘हाइपोथर्मिया’ बाट प्रभावित भएको भनी इटाली लगिएको छ ।

चिसोमा कठ्याङ्ग्रिएका यात्रुहरू जहाजको माथिल्लो भागमा आएर ग्रिसको टेलिभिजनलाई आफ्नो त्रास व्यक्त गरेको बताइएको छ । हाउलेज कम्पनीका प्रमुख गियानिस मिलोनासले आफूले उक्त जहाजका तीन चालकसँग सम्पर्क गरेको र त्यहाँ जैतुनको तेलको २० देखि २५ ट्याङ्कर रहेको जानकारी दिए । ग्रिसको समुद्रसम्बन्धी मन्त्रालयले उक्त जहाजमा रहेका २६८ यात्रु ग्रिसका नागरिक भएको र चालक दलमा पनि २२ जना इटालीका नागरिक तथा ३४ ग्रिसका नागरिक भएको जानकारी दिएको छ ।
Powered by Blogger.