Header Ads

१ महिनामा ५० बढी बालबालिका यौनदुर्व्यवहारम, आखिर किन भै रहेछ त ?

काठमाडौं, मंसिर ४ । संयुक्त राष्ट्रसंघको महासभाले बालबालिकासम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनको सम्झनामा हरेक वर्ष नोभेम्बर २० तारिखलाई विश्व बाल दिवसका रुपमा मनाउने गरिएको छ । विश्व बाल अधिकार दिवस बिहिबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

बालबालिकामाथि बढ्दो दुर्व्यवहारका घटनालाई मध्यनजर गर्दै यसवर्ष बालबालिकाको कुरा सुनौँ, बालदुव्र्यवहार अन्त्य गरौ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । नेपालको अन्तरिम संविधानले बालबालिकाको अधिकार सुनिश्चित गरेपनि अझै धेरै बालबालिका श्रम गर्न बाध्य छन् भने कतिपयले यौन दुर्व्यवहार खेप्नुपरेको छ ।

सेभ दि चिल्ड्रेनले सन् २००३ मा गरेको अध्ययनअनुसार शहरी क्षेत्रमा बालबालिकामाथि यौन दुर्व्यवहारका घटना बढी हुने गरेको छ । नेपालमा हरेक महिना ८० जनाभन्दा बढी यौन दुर्व्यवहारमा पर्ने गरेकामा ५० भन्दा बढी बालबालिका हुने गरेको अध्ययनमा उल्लेख छ । अध्यननका अनुृसार ४५ प्रतिशत बाल यौन दुर्व्यवहारका घटना काठमाडौँ उपत्यकामा हुने गरेको छ भने दुर्व्यवहारमा पर्नेमध्ये बालिका धेरै छन् ।

आर्थिक वर्ष २०६९/७० मा ४९ प्रतिशत यौन दुर्व्यवहारका घटना मात्रै उजुरी हुन आएका र धेरै घटना हदम्यादका कारण दर्ता गर्न नमिलेको नेपाल प्रहरीको तथ्यांक छ । त्यसैले बाल यौन दुर्व्यवहारका घटना न्युनीकरण गर्न पीडितले उजुरी गर्ने ३५ दिने हदम्यादलाई खारेज गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

बालबालिकाले माया गरेको हो वा दुर्व्यवहार गरेको भन्ने कुरा छुट्याउन नसक्दा, परिवारको प्रतिष्ठामा आँच आउने डरले घटनालाई लुकाउँदा साथै पीडकको डर र धम्कीले गर्दा बाल यौन दुर्व्यवहार खेप्नुपरेको छ ।
Powered by Blogger.