Header Ads

नेपाली सेनाका समिर तामाङ् लाइ यस वर्षको एभ्रेस्ट ट्रायल रेसको उपाधि

युवास तामाङ /नाम्चे बजार सोलुखुम्बु । अन्नपुर्ण टेक्स एण्ड एक्सपिडिसन प्रा.लिको आयोजनामा भएको एभ्रेस्ट ट्रायल रेसको उपाधि नेपाली सेनाको समिर तामाङले हात परेका छन् । सोलुखुम्बु को लुक्लामा हिजो मंगलबार सम्पन्न रेसमा सेनाका जमदार समिर तामाङले निर्धारित एक सय साठी किलो मिटरको दुरी २० घण्टा ३८ मिनेट ४५ सेकन्डमा पार गर्दै उपाधि चुमेका हुन् ।

उक्त रेस दोलखाको जिरी बाट गत साता सुरु भएको थियो । ९ देश बाट २७ जनाको सहभागिता रहेको उक्त खेलमा तामाङ्ले लगातार अग्रता लिएका थिए! बाम्ती भण्डार रामेछाप स्थाइ घर भएका तामाङ एभ्रेस्ट ट्रायल रेसको च्याम्पेन बने संगै १ लाख ८० हजार नगत र ट्राफि पाउने भएका छन् ।

यसै गरि नेपालको तर्फ बाट अर्को धावक सोलुखुम्बुका फुदोर्जी शेर्पाले २० घण्टा ५९ मिनेट १२ सेकेन्डमा निर्धारित दुरी पर गर्दै दोस्रो स्थान ओगट्न सफल भएको थियो! सन् २०१२ को एभ्रेस्ट ट्रायल रेसमा बिजेता बनेको शेर्पा यस वर्ष भने दोस्रो स्थानमा नै चित्त बुझाउन परेको हो ! शेर्पाले १ लाख २० हजार नगत र ट्रफी पाउने भएका छन् ।

यसै गरि स्पेनका जिगोर रुइज २३ घण्टा ५४ मिनेट ७ सेकेन्डमा १ सय ६० किलो मिटर दुरी पार गर्दै तेस्रो भए! यसै गरि महिला तर्फ स्पेनकि आना कोमेत प्रथम, इङल्याण्डकि केरी सोतोन दोस्रो र नेपालीकी याङडी शेर्पा तेस्रो भए । उनिहरुले क्रमश २६ घण्टा ४० मिनेट ४३ सेकेन्ड , ३० घण्टा २३ मिनेट १३ सेकेन्ड र ३२ घण्टा ५४ मिनेट ३३ सेकेन्डमा निर्धारित दुरी पार गर्दै उपाधि चुमेका थिए ।

महिला तर्फका धावकहरुले पनि क्रमश १ लाख ८० हजार , १ लाख २० हजार र ६० हजार नगत सहित ट्रफी पाउने भएका छन् ।
भिडियो हेर्न फोटो मुनि क्लिक गर्नु होला !

Powered by Blogger.