Header Ads

२५ तलाको पानी जहाज, सबैभन्दा माथि विमानस्थल

एजेन्सी । प्रबिधिले धेरै नयाँ आविष्कार गरेको छ । त्यसैमा पनि विश्वकै शक्तिशाली देश अमेरिका प्रबिधिको क्षेत्रमा निकै अगाडी छ । अमेरिका हाल एक अचम्मको आविष्कार गरिरहेको बताइएको छ ।

एक अंग्रेजी अनलाईनका अनुसार हाल अमेरिकाले २५ तला भएको पानी जहाजको आविष्कार गरिरहेको छ । सौर्य उर्जाबाट चल्ने यो जहाजको २५ औं तलामा विशाल बिमानस्थल रहनेछ । पानी जहाजमा ५० हजार यात्रुले एकै चोटी यात्रा गर्न मिल्नेछ ।

यो पानी जहाजभित्र बिमानस्थल, लगायत स्कुल, अस्पताल, ब्यापारीक भवन, क्यासिनो, सपिङ् सेन्टर, पार्क समेत रहनेछ । अमेरिकाको फ्लोरिडामा रहेको फ्रिडम सिप इन्टरनेशनका अनुसार यसको पुरै निर्माणका लागि १० सय करोड डलर खर्च लाग्ने छ ।

यो जहाजको तौल २.७ मिलियन टन हुने बताइएको छ । यसले प्रत्येक २ वर्षमा संसारको परिक्रमा गर्ने बताइएको छ ।
Powered by Blogger.