Header Ads

ऋणको हल्लापछि केकी भन्छिन्- ‘संस्कार र अात्मविश्वास गुमाएको छैन’

काठमाडौं, मंसिर ३ । नायिका केकी अधिकारीले शून्यबाट शुरु गरेर अनन्तसम्म पुग्न सक्ने आत्मविश्वास नगुमाएको बताएकी छिन् । उनले जीवनमा आइपर्ने समस्याबाट आफू र आफ्नो परिवार विचलित नभएको बताएकी हुन्। बुधबार सामाजिक सञ्जाल फेसबुक पेजमा स्टाटस अपडेट गर्दै आफ्नो र परिवारको बारेमा चलेको हल्लालाई सामान्यीकरण गरेकी हुन् ।

नायिका केकीको जमानतमा उनको बुवा र आमाले घर धितो राखी सिभिल बैङ्कबाट ऋण लिएको र समयमै बैङ्कको ऋण चुक्ता गर्न नसक्दा बैङ्कले मंगलबार ३५ दिनभित्र ऋण चुक्ता गर्न पत्रिकामा सूचना जारी गरेको थियो । त्यसपछि सामाजिक सञ्जालहरुमा सार्वजनिक रुपमा आएका टिप्पणीहरुमाथि उनले शालिन जवाफ दिँदै उनले अगाडि लेखेकी छन्- ‘जीवनमा आईपर्ने साना ठूला कठिनाईहरुले म र मेरो परिवारलाई कहिल्यै विचलित बनाउने छैन।

मेरो स्थानमा अरू जो कोहि नै भएपनि, यस्तो परिस्थितिमा उक्त व्यक्तिले निर्वाह गर्ने भूमिका मेरोभन्दा भिन्न हुन्छ जस्तो पनि लाग्दैन। र जस्तोसुकै अवस्थामा पनि मेरो बुवा र आमा नै मेरो प्रेरणा का स्रोतहरु हुन्। रहनेछन्। सुख र दुःख, घाम र छाँया जस्तै न हो। केहि भौतिक सुखहरु गुमाएँ होला। तर, शून्यबाट शुरु गरेर अनन्तसम्म पुग्न सक्ने आत्मविश्वास गुमाएको छुईन।

मेरो प्रेरणाका स्रोतहरुले सिकाएको संस्कार गुमाएको छुईन। त्यसैले होला यी भोगाई र सिकाईहरुले आफ्नो कामप्रति ईमान्दार भई सक्रिय रहन थप उर्जा मिलेको छ। बिभिन्न माध्यमबाट मसँग सम्पर्क गर्दै मलाई हौसला दिनुहुने, स्नेह र सद्भाव प्रदान गर्नुहुने मेरा सबै आफन्त, परिवारजन, साथी-संगी र मेरा सबै शुभचिन्तकहरुमा हृदयदेखि नै आभार प्रकट गर्दछु।

जीवनमा कमाएको सबैभन्दा मूल्यवान सम्पति नै तपाँईहरुको माया र आशीष हुन्। कलाकारको रुपमा यो भन्दा बढि अमूल्य अरु के नै हुनसक्छ र? तपाँईहरूको माया र आशिष सदैव कायम रहने छ भन्ने बिश्वास लिएकी छु।’
नायिका केकी अधिकारीले अभिनय गरेकोभिडियो फोटो मुनि क्लिक गरेर हेर्नुहोला !
Powered by Blogger.