महिला साफमा नेपालले बंगलादेशलाई हरायो, अब भारतसँग फाइनल भिडन्त गर्ने
काठमाडौं, मंसिर ३ । पाकिस्तानमा जारी तेस्रो महिला साफ च्याम्पियन्सिपको आजको खेलमा नेपालले बंगलादेशलाई १–० ले हराउँदै फाइनलमा प्रवेश गरेको छ । पाकिस्तानको जिन्नाह रंगशालामा बुधबार दिउँसो भएको खेलमा दोस्रो हाफमा सृजना रानाले गरेको एक गोल नै नेपाललाई फाइनलमा पुर्याउन काफी भयो ।
उनले खेलको ५६ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरेकी थिइन् । नेपालले बंगलादेशलाई दबाबमा राखेपनि खेलको पहिलो हाफभरी गोल गर्न सकेको थिएन । यसअघिका दुबै संस्करणमा उपविजेता बनेको नेपालले अब भारतसँग फाइनल भिडन्त गर्ने छ ।
नेपाललाई भारतले यसअघिका दुबै संस्करणमा हराउँदै उपाधि जितेको थियो । बुधबारै भएको अर्को सेमिफाइनल खेलमा भारतले श्रीलंकालाई ५–० ले पराजित गर्दै उपाधिको ह्याट्रिक नजिक पुगेको छ ।

![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEikBOmzwWs5srfMSO_s1llUer6PHKgrnxMcSpWGf1CF5n3muGbsHZcObdpMe7a_5FfvfEmXvHOaYydbjUbmYwG1o0oBYxJIbuFFJHKfIjbOpPdj0yj_JPe6ooNk2o4HLbL9-FNE1yPUHP0/s1600/MK_Slamabad_Mahila-Football-0.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhsBnPeF-sLIxMky7CglSQvDQni-tZG8HVkqAiu147_aFf2YmWY43yiHV0ubyr2_0QiWSpjNeS2adOjqgytG0Dw76kTwhe4PM-VpDcnVrhlwXlXxF8Lb7XFW8mHc-LdZGzSoEXlRBgQFqc/s1600/MK_Slamabad_Mahila-Football+-1.jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhUfQc1OivXij046uGRTpg50MOkN7f2t7RBGfLQYAQjzmj0zC1yAWhTnxniKi19zqTBpC5drqtcUaiFyLuGR1JSn0Jl_tPzzGlF7eK_qn1Yv4hU5WVCoyLy9b8ylqWqMXtGVqPRRpQgDu4/s1600/MK_Slamabad_Mahila-Football.jpg)