पानीका कारण हङकङसँगको पहिलो टी-२० स्थगित : नेपाली टीमको जर्सी नै आइपुगेन
श्रीलंका, मंसिर ३ । नेपाल-हङकङ टी-२० सिरिजको आज हुने भनिएको पहिलो खेल पानीका कारण स्थगित भएको छ । बिहान सवा १० बजेदेखि श्रीलंकाको दाम्बुला रंगशालामा हुने तय भएको भए पनि लगातार पानी परेका कारण आजको खेल स्थगित भएको हो ।
दाम्बुलामा दुई तीन दिनदेखि लगातार पानी परिरहेको थियो । आज बिहानदेखि पनि पटकपटक पानी पर्ने र रोकिने क्रम जारी रह्यो । खेल सुरु गर्न सक्ने अबस्था नभएपनि स्थगित गर्नुपरेको आयोजक श्रीलंका क्रिकेट बोर्डले जनाएको छ ।