Header Ads

मलालाका नाममा क्रिकेट टुर्नामेन्ट हुने ...

एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईका नाममा राष्ट्रिय महिला क्रिकेट च्याम्पियनसिप गर्ने भएको छ ।

पिसिबीका नवनियुक्त अध्यक्ष शहरयार खानको पहलमा बोर्डले आउँदो डिसेम्बरमा हुने एक्काइस वर्षमुनिको राष्ट्रिय महिला क्रिकेटको नाम मलाला च्याम्पियनसिप राख्ने निर्णय गरेको हो ।

पिसिबीले आउँदो डिसेम्बरमा १२ वटा क्षेत्रीय टिमको सहभागितामा टुर्नामेन्ट गर्न लागेको हो ।

पिसिबीले हालै एक विज्ञप्ती जारी गरी आफ्नो पहिलो अन्डर २१ राष्ट्रिय महिला क्रिकेट खेलको नाम मलालाको नाममा राखेर पाकिस्तानकी युवा नोबेल शान्ति पुरस्कार २०१४ विजेताको सम्मान गरेको बताएको छ ।

मलाला युसुफजाईको बारेमा तलको भिडियो हेर्नुहोस !

Powered by Blogger.