फेरि छोरा च्याम्पियन ...खुला स्क्वास प्रतियोगिताको बिजेता - अमृत थापा मगर
काठमाडौं, कात्तिक १५ । डिफेन्डिङ च्याम्पियन अमृत थापा मगरले दोश्रो सिभिल बैंक खुला स्क्वास प्रतियोगिताको पुरुष सिंगल्स उपाधि शनिबार जितेका छन् ।
सातदोटबोस्थित नेपाल स्क्वास एकेडेमीमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा अमृतले बाबु हीराबहादुरमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै उपाधि रक्षा गरे ।
पहिलो संस्करणमा पनि अमृतले बाबु हीरालाई नै हराउदै उपाधि जितेका थिए । ‘बेस्ट अफ फाइभ’ को फाइनलमा अमृतले २–० ले पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जित्न सफल भएका हुन् । पहिलो र दोश्रो सेटमा अमृत क्रमशः ११–१३ र ९–११ ले पछि परे । अमृतले तेश्रो सेट ११–७ र चौथो ११–५ ले जित्दै खेललाई २–२ को बराबरीमा पु¥याए । पाँचौं तथा निर्णायक सेट ११–९ ले आ–आफ्नो पक्षमा पार्दै अमृतले उपाधि सुनिश्चित गरे । सुरज श्रेष्ठ र प्रवीणवीरसिंह कंसाकार संयुक्त रुपमा तेश्रो भए ।
पहिलो हुनेले ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले २–२ हजार नगद पुरस्कार हात पारे । गत संस्करणमा तेश्रो स्थानमा चित्त बुझाएकी विपन ब्लोन महिला सिंगल्समा पहिलो भइन् । फाइनलमा विपनाले स्वस्थानी श्रेष्ठलाई ३–० ले हराइन् । विपनाले तीनै सेट समान ११–७ ले जितेकी थिइन् । विपनाकी बहिनी सपना र सन्तोषी श्रेष्ठले तेश्रो स्थानमा चित्त बुझाए ।
विश्व स्क्वास दिवसको उपलक्ष्यमा नेपाल स्क्वास ¥याकेट्स संघद्वारा आयोजित प्रतियोगिताको यु–१७ जुनियर ब्वाइज सिंगल्समा आकाश सुनवार च्याम्पियन बने । उपाधि भिडन्तमा आकाशले अमिर ब्लोनलाई ६–११, ११–८, १२–१० र १२–१० ले पाखा लगाए । दीपक थापा र विक्रम मगर तेश्रोमा सीमित भए । समान पुरस्कार राशी रहेको महिला र जुनियर ब्वाइज सिंगल्सको विजेताले ३ हजार, उपविजेताले २ हजार र तेश्रोले १–१ हजार नगद पुरस्कार हात पारे ।
सिभिल बैंकको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्समा लालबहादुर गुरुङले स्वर्ण जिते । उनले किशोर महर्जनलाई ११–७, ११–४, ३–११ र ११–९ ले पन्छाए । प्रेम सिंह र मनोजबहादुर श्रेष्ठ तेश्रो भए । सोही स्पर्धाको प्लेटतर्फ दिलिपनरसिंह अधिकारी पहिलो बने । फाइनलमा उनले राजेन्द्र शाक्यको चुनौती ११–८, ५–११, ११–७, ७–११ र ११–८ ले समाप्त पारे ।
किरण महर्जन र वीरबहादुर नेपाल तेश्रो भए । विजेतालाई सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन, मल्पी इन्टरनेसनल स्कुलका अध्यक्ष दीपकमान शेरचन, आयोजक संघका अध्यक्ष भूषणकृष्ण श्रेष्ठ र पूर्व अध्यक्ष अमरकेशर सिंहलगायतले पुरस्कार प्रदान गरे । अक्टोबर १८ तारिखदेखि सुरु प्रतियोगिता अन्तर्गत पुरुष सिंगल्समा ३२, महिला सिंगल्समा १०, जुनियर ब्वाइजमा २० र भेट्रान्समा १६ प्रतिस्पर्धी सहभागी थिए ।