Header Ads

पर्वत सेवा समाज युएईद्धारा मृगौला पीडित रीतु पौडेललाई आर्थिक सहयोग

लालबहादुर ढेंगा, दुबई । वैदेशिक रोजगारीको सिलसिलमा आफ्नो देशबाट टाढा रहेर विदेशको भूमिका कार्यरत रहेता पनि परिआएको खण्डमा सबैजना एकजुट भई सहयोगको हात बढाउन अत्यन्तै गौरवको कुरा हो । त्यसैगरी पर्वत सेवा समाज युएईद्धारा दुईवटै मृगौलाबाट पीडित रीतु पौडेललाई एउटा मृगौला पत्यारोपर्णका लागि रु.३८ हजार ५ सय रुपैयां आर्थिक सहयोग गरेको छ ।

पर्वत जिल्लाको वडा नं.५, होस्रांदी गाविसमा बसोवास गर्ने २२ बर्षीय रीतु पौडेलको दुईवटै मृगौला खराब भएका कारण भारतको चेन्नाई (ए.एम.सी) हस्पिटालमा विगत ४ बर्षदेखि उपचार चलिरहेको छ । घरको स्थिति नाजुक तथा उपचारको लागि रु.१६ लाख खर्च लाग्ने भएकाले उक्त रकम सहयोग गरेको हो । गएको १४ नोभेम्बर शुक्रबारका दिन दुबईको सिन्ध पन्जाब रेष्टुरेण्टमा एउटा कार्यक्रमको आयोजना गरेर पीडित रीतु पौडेलको आफन्त भेनाजु पर्ने कमल लामिछानेलाई पर्वत सेवा समाज युएईका पदाधिकारीहरुले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरेको हो ।

यस सहयोग गर्नका लागि केन्द्रीय सदस्य किशन पुलामी मगरले समाजमा अपिल गरेका थिए । सन् २०१३ मा पर्वतवासीहरुको पहलमा स्थापना भएको पर्वत सेवा समाज युएईले स्थापनाकालदेखि नै नेपालीहरुले मनाउने विभिन्न चाड पर्वहरु मनाउदै युएईस्थित नेपालीहरुलाई परिआएको समस्याहरुको समाधान गर्दै धेरै उद्धार कार्यहरु समेत गरेको छ । दैनिक ड्यूटीबाट बचेको समयलाई समाज सेवामा खर्च गर्नुका साथ कमाएका केही रकम उद्धार कार्यमा लगाउनु यो एउटा जलन्त उदाहरण हो ।

पर्वत सेवा समाज युएईका वरिष्ठ उपाध्यक्ष राजेन्द्र अधिकारीको संयोजकत्वमा उक्त आर्थिक संकलन गरिएको थियो भने यस आर्थिक संकलन कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगीहरुलाई वरिष्ठ उपाध्यक्ष राजेन्द्र अधिकारी, अध्यक्ष मणिप्रसाद भुर्तेल र संरक्षक खेम भुर्तेलले आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेंक्षा गर्दै बिशेष धन्यवाद समेत दिएका छन् ।

Powered by Blogger.