Header Ads

दिनमा २२ घण्टा निधाउनुपर्ने विचित्रको रोगबाट पीडित युवतीको हाल यस्तो छ ...

एजेन्सी । मानिसलाई पर्याप्त निद्रा आवश्यक हुन्छ । दिनभरको थकान र आफू स्वयमलाई रिल्याक्स गर्नका लागि मानिसलाई औषतः ६ देखि८ घण्टा निदाउँनु आवश्यक मानिन्छ । तर, एउटी युवती यस्ती छन् जो दिनमा २२ घण्टा निदाउने गर्छिन् ।

एक अंग्रेजी वेभसाइटका अनुसार बेलायतको म्यानचेस्टरको स्टकपोर्ट निवासी २० वर्षीया बेथ गुडियर दिनमा २२ घण्टासम्म निदाइरहन्छिन् । उनी स्लिपिङ्ग ब्युटी सिन्ड्रोम नामक रोगबाट पीडित छिन् । त्यसैले केही सातामा उनलाई यसरी सत्ने रोगले सताउने गर्दछ । यो एउटा न्युरोलजिकल डिसअर्डर हो। यो रोगको साइन्टिफिक नामक क्लीन लेभिन हो। केही साताको ब्रेकपछि बेथलाई स्लिपिङ्ग ब्युटी सिन्ड्रोमले आक्रमण गर्दछ ।

त्यसपछि उनी एकदेखि तीन सातासम्म लगातार २२ घण्टासम्म सुत्ने गर्दछिन् । बचेको दुई घण्टा उनी जाग्छिन् । तर, उनी निद्राकै अवस्थामा रहन्छिन्।आफ्नो निद्रामा उनको कुनै कन्ट्रोल हुँदैन। उनकी आमाका अनुसार निद्राले आक्रमण गरेपछि उनी कुनै बच्चा जस्तो बन्ने गर्दछिन्। उनी केही ठम्याउँदिनन् र पूरै कन्फ्युजनमा रहन्छिन् । यसको कुनै प्रमाण छैन कि यो रोग किन लाग्छ । न त यसको उपचार नै सम्भव छ । बेथकी आमा भन्छिन्–बेथलाई मैलेनै हेरचाह गर्नुपर्छ ।

उनी सपना र वास्तविकतामा कुनै भेद बताउन सक्दिनन्। जुन हप्ता उनलाई यो रोगले सताउँदैन, त्यतिबेला उनी तन्दुरुस्त हुन्छिन् । सबै काम गर्न सक्षम हुन्छिन्। बेथको यो रोग उनी १६ वर्षको छँदादेखि सुरु भएको हो ।
भिडियो क्लिप हेर्नलाई तलको तस्बिरमुनि क्लिक गर्नुहोस !
Powered by Blogger.