Header Ads

आमाले बहिनी जन्माएको ३ घण्टापछि छोरीले नाति जन्माइन् , के होला यस्तो ...

एजेन्सी । आमा र छोरी एउटै दिनमा गर्भवती हुनु र एकैदिनमा बच्चा जन्माउनु, सायद यो विरलै हुने संयोग हो । तर अमेरिकामा भएको छ यस्तै ।

एकैदिन गर्भवती भएका आमा र छोरीले एकैदिन बच्चा जन्माएका छन् अस्पतालमा । समाचार अनुसार अमेरिकाको फ्लोरिडास्थित ली मेमोरियल अस्पतालमा आमा हेथर पेन्टीकोफ र उनकी छोरी डेस्टिन मार्टिनले गएको मंगलबार एकैदिन बच्चा जन्माए ।

 डेलिभरीका लागि अस्पतालमा भर्ना भएका आमाछोरी मध्ये आमा चाहीले पहिले बच्चा जन्माइन् । आमाले बहिनी जन्माएको ३ घण्टापछि छोरीले छोरो जन्माइन् । आमाले बहिनी जन्माइदिएको ३ घण्टापछि छोरीले नाती जन्माइदिएपछि भतिजो डेमिन र सानिआमा मेडेलिन एउटै उमेरका बनेका छन् ।

डाक्टरहरुका अनुसार ती आमाछोरी एकैदिन गर्भिणी बनेका थिए र उनीहरुलाई डेलिभरीको लागि मंगलबारको एउटै डेट दिइएको थियो ।
भिडियो सहित तल छ हेर्नुहोस !
Powered by Blogger.