नेवा:खल इजरायलले भव्यताको साथ म्ह:पूजा सम्पन्न
टि बी श्रेष्ठ - तेलअविव, इजरायल । बाध्यताले
बिदेशिनु परेका नेपालीहरुले प्रबासी भुमि मै रहेर पनि सामाजिक दायित्व
मात्र नभै आफ्नो परम्परा पनि जगेर्ना गर्दै आएको हामीले देखेका वा पढेका छौ
। यस्तै, प्रबासी भुमि इजरायललाई कर्मथलो बनाउँदै आउनुभएका नेवारहरुको
साझा संस्था "नेवा:खल, इजरायल"ले भर्खरै नेपाल सम्बत ११३५, न्हुदया
भिन्तुना तथा म्ह:पुजा सम्पन्न गरेको छ ।
उक्त
कार्यक्रम प्रमुख अतिथि इजरायलका लागि नेपाली राजदुत महामहिम प्रल्हाद
कुमार प्रसाई र कार्यक्रमका सभापति तथा नेवा:खल इजरायलका अध्यक्ष श्री तेज
बहादुर श्रेष्ठद्वारा उद्घाटन गरिएको थियो ।
नेपाली राजदुताबास इजरायलका उप-सचिब श्रीमति रोशन खनाल र नेपाल आदिबासी जनजाती महासंघ, इजरायलका अध्यक्ष श्री सुन्दर सिंह लामा तामांग बिशेष अतिथिका रूपमा उपस्थिति हुनुहुन्थ्यो । साथै इजरायल अबस्थित विभिन्न जातीय तथा गैरजातिय संस्थाहरुका अध्यक्ष/उपाध्यक्ष तथा प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियो ।
नेवा:खल
इजरायलकि कोषाध्यक्ष बबिता श्रेष्ठ बाट उक्त कार्यक्रममा पाल्नुहुने
सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्दै स्वागत मन्तव्य राख्नुभएको थियो भने
कार्यक्रममा प्रमुख अतिथि महामहिम प्रल्हादकुमार प्रसाईँ ज्यू, नेपाल
आदिबासी जनजाती महासंघ, इजरायलका अध्यक्ष श्री सुन्दरसिंह लामा तामाङ
ज्यूबाट शुभकामना मन्तब्य राख्नुभएको थियो ।
संस्थामा
भैरहेका सम्पूर्ण गतिबिधि तथा कार्यक्रम बारे नेवा:खल, इजरायलका सह-सचिब
तथा कार्यक्रमका मूल संयोजक कादम्बरी ( दाना ) श्रेष्ठले सहभागीहरूलाई
जानकारी दिनुभएको थियो ।
उक्त कार्यक्रममा श्याम श्रेष्ठ, बबिता श्रेष्ठ, रन्जु बाबा श्रेष्ठले सांस्कृतिक प्रस्तुति गर्दे आगन्तुकहरू सबैलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
सोहि
कार्यक्रममा संस्थामा योगदान दिने व्यक्तिहरुको साथै प्रबासी भुमि इजरायलमा
ऐतिहासिक रुपमा भब्य रुपले सम्पन्न २५५८ औं बुद्द जयन्तीमा आवस्यक
सामाग्री उपलब्ध गराएर सहयोग गर्नुहुने सहयोगी व्यक्तिहरुलाई प्रसंशा पत्र
प्रदान गरिएको थियो ।
कार्यक्रमका
सभापति तथा नेवा:खल इजरायलका अध्यक्ष श्री तेज बहादुर श्रेष्ठद्वारा नेपाल
संबत ११३५, न्हुदया भिन्तुना तथा म्ह:पुजा कार्यक्रमको औपचारिक कार्यक्रम
बिसर्जन गर्दै आफ्नो परम्परालाई माया गर्न आग्रह गर्दै उपस्थित सम्पूर्णलाइ
सहभागी भई कार्यक्रम सफल पारिदिनु भएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रम संस्थाका सचिव श्रीमती रन्जु बाबा श्रेष्ठले सञ्चालन
गर्नुभएको थियो ।
औपचारिक कार्यक्रम पश्चात अतिथि तथा सहभागीहरु म्हःपुजामा सामेल भै नेवारी परिकार सहितको भोजनमा सहभागी हुनुभएको थियो ।
|
|
