छोरा नन्दप्रसादको शव बुझ्न नआएपछि सरकारनै दाहसंस्कार गर्न कस्सियो
काठमाडौं, कार्तिक १० ।
अनशनका क्रममा मृत्यु भएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको अन्त्यष्टि सरकारले गर्ने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनकी श्रीमती गंगामायाको जीवनयापनका लागि उचित आर्थिक सहयोग गर्ने समेत निर्णय गरेको छ ।
नन्दप्रसादको गत असोज ६ गते आमरण अनशनकै क्रममा वीर अस्पतालमा निधन भएको थियो । आफ्ना छोराको हत्यामा संलग्न व्यक्तिलाई कारबाही माग गर्दै ११ महिनादेखि उनी आमरण अनशनमा बसेका थिए । गंगामायाको अवस्था नाजुक भएपछि सरकारले विशेष पहल गरी असोज ३१ गते अनशन तोडाएको थियो ।
नन्दप्रसादका परिवारका सदस्यले उनको शव बुझ्न र दाहसंस्कार गर्न नमानेपछि अहिलेसम्म त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको थियो । माओवादी कार्यकर्ताले चितवनमा अपहरण गरी २०६१ सालमा हत्या गरेको भन्दै हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अधिकारी दम्पत्ती अनसनमा थिए ।

भिडियो तल छ, हेर्न नभुल्नु होला !