Header Ads

समयप्रति बेमतलबी नेताहरु, प्रचण्ड ‘फस्ट’, माधव नेपाल ‘लास्ट’

काठमाडौं, कार्तिक १३ । बोलाएको समयमा नआउने र भनेको समयमा बैठक तथा कार्यक्रम नहुने नेपालको नौलो कुरा होइन । यसले अधिकांश क्षेत्रमा रोगकै रुपमा जरा गाडेको छ । देशको नेतृत्व तहमा रहने नेताहरु समेत यो रोगले व्याप्त भएको देखिन्छ । बेलाइएको समयमा नेताहरु नपुग्दा बैठक ढिला सुरु भएको अनगिन्ति घटना र प्रशंगहरु हामीमाझ छन् ।

 तर, संविधान निर्माणको चटारोमा रहेको बेला र दलहरुबीच विवादित विषयलाई सहमति गर्नको लागि दुई दिन मात्र बाँकी रहँदा समेत नेताहरुमा समयको ख्याल नहुनु उदेकको विषय हुन सक्छ । यसर्थः माघ ८ भित्रमा संविधान जारी गर्ने बताएपनि नेताहरु गम्भीर छैनन् भन्ने बुझ्न अप्ठ्यारो पर्दैन । बिहिबार संविधान निर्माणका क्रममा विवादित बनेका विषयहरुमा छलफल गर्न राखिएको प्रमुख तीन दलको बैठकमा यस्तै देखियो ।

 बबरमहलस्थित शान्ति कोषको सचिवालयमा बोलाइएको दिउँसो १ बजेको बैठकका लागि नेताहरु आउने क्रम साढे २ बजेसम्म चलेको थियो । बैठकका लागि एमाओवादीका नेताहरुसमयमै आए भने कांग्रेस र एमालेका नेताहरु कोही पनि समयमा आएनन् ।

बैठकका लागि सबैभन्दा छिटो एमाओवादी अध्यक्ष प्रचण्ड १२ः५० बजे पुगेका थिए । एमाओवादीकै बाबुराम भट्टराई र नारायणकाजी पनि १ बज्नुअघि नै बैठकस्थल पुगेका थिए । तर उनीहरुले कांग्रेस र एमालेका नेताहरु कुर्नुको विकल्प पाएनन् । कांग्रेस नेता नरहरी आचार्य बल्ल १ः१३ बजे र एमाले अध्यक्ष केपी ओली १ः२२ बजे पुगेपछि मात्र बैठक सुरु भयो ।

तर नेताहरुको आउने क्रम भने रोकिएको थिएन । कांग्रेसकै शेरबहादुर देउवा र एमालेका माधवकुमार नेपाल त बैठक सकिने बेलामा झुल्किए । देउबा दिउँसो २ः१२ र नेपाल २ः२८ बजे बैठकमा पुगे । उनीहरु पुगेको केही समयपछि बैठक स्थगित नै भयो । को–को कति बजे पुगे बैठकमा ?

एमाओवादी
प्रचण्ड – १२:५० बजे
डा. बाबुराम भट्टराई – १२:५४ बजे
नारायणकाजि श्रेष्ठ – १:०० बजे

नेपालीकांग्रेस
नरहरि आचार्य – १:१३बजे
कृष्णप्रसाद सिटौला – १:२०बजे
रामचन्द्र पौडेल – १:२८बजे
शेरबहादुर देउवा – २:१२बजे

नेकपाएमाले
केपीओली – १:२२बजे,
माधवनेपाल : २:२८बजे
वामदेवगौतम – १:२४बजे,
विद्याभण्डारी – २:०४बजे

Powered by Blogger.