सदनमा रोष्टम घेराउ, उत्तेजक नाराबाजी र चर्को वाद प्रतिवाद
काठमाडौं, कात्तिक १५ । संसद अवरोधको विषयलाई लिएर बिहीबार सदनमा सत्तारुढ कांग्रेस-एमाले र प्रतिपक्षी राप्रपा नेपालका सांसदहरुबीच झण्डै हात हालाहालको स्थिति आएको छ ।
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको अभिब्यत्तिले हिन्दुधर्मालम्बीको धार्मिक आस्थामा चोट पुर्याएको र भगवान प्रति अनास्था फैलाएकोु विरोधमा सदन अवरुद्ध गर्ने राप्रपा नेपाल र बोल्न समय माग गर्ने सत्तारुढ कांग्रेस एमालेका सांसदबीचको चर्काचर्की भिडन्तमा परिणत हुन खोजेपछि सभामुख सुवासचन्द्र नेम्वाङ्गले आइतबारसम्मका लागि बैठक स्थगित गरेका छन् ।
संविधानसभाको दोस्रो निर्वाचन यता सदनमा रोष्टम घेराउ, उत्तेजक नाराबाजी र चर्को वाद प्रतिवाद भएको यो पहिलो घटना हो । यसअघि प्रतिपक्षका सांसदहरुले आफ्नो माग पुरा गराउन सदन अवरुद्ध गर्दा आ(आफ्नो स्थानमा उभिएर शालिनतापूर्वक विरोध जनाउने अभ्यास गरेका थिए ।
रोष्टम घेराउ र गृहमन्त्री गौतम विरुद्ध नाराबाजीमा उत्रिएका राप्रपा नेपालका नेताहरुले एमाओवादीले ४१ दिन सदन अवरुद्ध गर्दा निरीह भएको सत्तापक्ष पहिलो दिनमानै आफुहरुको प्रतिवादमा उत्रिएकोुमा रोष प्रकट गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।