Header Ads

घर फर्किए हिरोहरु : नेपाली क्रिकेटको पाँच वर्षमा पाँच उपलव्धी थाहा पाउनुहोस् !

काठमाडौँ, कात्तिक १४ । नेपालले सिनियर क्रिकेटमा पछिल्ला पाँच वर्षमा पाँचै अन्तर्राष्ट्रिय उपाधि जितेको छ। नेपाली टोली सिनियर क्रिकेटमा एकपछि अर्को उपाधि जित्दै अन्तर्राष्ट्रिय खेलवृत्तमा फरक छवि बनाउन सफल भएको छ।

 मलेसियामा बिहीबार सम्पन्न खेलमा युगान्डालाई ६२ रनले हराएर नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन तीनको उपाधि जोगाएको छ। सन् २०१० फेब्रुअरीमा नेपालले अमेरिकालाई हराएर डिभिजन पाँचको उपाधि जितेको थियो।

 त्यसअघि नेपालले अन्तर्राष्ट्रिय सिनियर प्रतियोगितामा एसीसी इमर्जिङ नेसन्स कपको मात्र उपाधि जितेको थियो। नेपाल, माल्दिभ्स र भुटानले खेलेको उक्त प्रतियोगिताको उपाधि नेपालले सन् २००३-०४ मा जितेको थियो। सन् २००८ अघि नेपालले चारपटक एसीसी यू १९ एलिट कपको उपाधि जितेको थियो।

सन् २०१० सम्म आइपुग्दा नेपालले एसीसी यू १५, यू १७, एलिट कपसहित यू १९ विश्वकपको प्लेट च्याम्पियनसिपको उपाधि पनि जितिसकेको थियो। डिभिजन फाइभको उपाधिले सिनियर क्रिकेटमा नेपालको उपाधि खडेरीमात्र चिरेन, ठूला सफलताको सुरुआत भएको संकेत पनि दियो। नेपालले सन् २०१२ मा डिभिजन चार र सन् २०१३ मा डिभिजन तीनको उपाधि जित्यो।

सन् २०१२ मा एसीसीको तत्कालीन सबैभन्दा ठूलो सिनियर प्रतियोगिता एसीसी ट्रफीको उपाधि पनि जितेर नेपालले आफ्नो फरक परिचय स्थापित गरायो। नेपालले यो उपाधि जितेको पहिलोपटक थियो। डिभिजन फाइभ जितेलगत्तै सन् २०१० को मार्च-अप्रिलमा कुवेतमा भएको एसीसी ट्रफीमा नेपाल आठ वर्षपछि फाइनलमा पुगेको थियो।
फोटो फिचर हेर्नुहोस /साथै भिडियो तल छ हेर्नुहोला !
Powered by Blogger.