Header Ads

शाहरुखको ‘ह्याप्पी न्यु ईयर’ ले बक्स अफिसमा तहल्का : एकै दिनमा करिब ४५ करोड

शाहरुख खानको बहुप्रतिक्षित चलचित्र ‘ह्याप्पी न्यु ईयर’ ले बक्स अफिसमा तहल्का मच्चाएको छ। पहिलो दिनको व्यापारमा बलिउडमा सम्पुर्ण किर्तिमानहरु भंग गर्दै 'ह्यप्पी न्यु ईयर’ ले एकै दिनमा करिब ४५ करोड (४४ करोड ९७ लाख भारतीय रुपैया) को चमत्कारिक व्यापार गरेको हो।

शाहरुख खानसंगै दीपिका पादुकोन, अभिशेख बच्चन, बोमन इरानी, सोनू सुद जस्ता स्टारले भरिएको चलचित्रले सलमान खानको ‘किक’ र अमिर खानको ‘धुम-३’लाई सहजै पछि पारेको हो।

 यसअघि एकै दिनमा सर्वाधिक व्यापारको किर्तिमान ‘धुम-३’ले राखेको थियो । सो चलचित्रले पहिलो दिनमा ३३.४ करोड भारतिय रुपैया बराबारको व्यापार गरेको थियो भने समग्रमा ३६२.२ करोडको व्यापार गरेको थियो।
तर शाहरुख खानको यो चलचित्रले यसअघिका बक्स अफिसका अन्य किर्तिमान पनि भंग गर्ने अनुमान गरिएको छ।

 चलचित्रलाई फराह खानले निर्देशन गरेकी हुन्। फराह खान र शाहरुख खानको यो तेस्रो चलचित्र हो । यसअघि ‘ओम शान्ति ओम’ र ‘मे हु ना’ मा पनि शाहरुखलाई उनले निर्देशन गरेकी थिइन्। यी दुबै चलचित्रले पनि राम्रो व्यापार गरेका थिए।
धमाकेदार भिडियो हेर्न तल क्लिक गर्नुहोला !

Powered by Blogger.