Header Ads

किन गरिन पारसकी प्रेमिकाले फेसबुकमा हिमानीको अपमान !

एनपी न्यूजलाइन, काठमाडौं । पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निका चाइसार्नले फेसबुकमा पारसकी पत्नी हिमानीको अपमान गरेकी छिन् ।

हिमानीले नाभीमा रिङ लगाएको पुरानो फोटोलाई उनले फेसबुकमा दुरुपयोग गरेकी हुन् । हिमानीको फोटोमाथि लेखिएका नेपाली शब्दहरु अश्लील र आपत्तिजनक छन् । यो तस्बिर उनले आफ्नै स्टाटसको कमेन्टबाट निकालेकी हुन् ।

यद्यपि उनले कमेन्ट बक्समा पारस र हिमानी दुबैप्रति रीस ओकलेकी छिन् । उनको पोष्टमा नेपालीहरुले आपत्ति जनाउँदै फोटो हटाउन आग्रह गरेका छिन् । तर, कन्निकाले आफ्नो बचाउ गर्ने प्रयास गरेकी छिन् ।

‘हिमानी नाम गरेकी केटी र पारस को हुन् ? उनीहरुले दुबैले मलाई आफूहरु नेपालको राजाको छोरा र युवराज भएको बताएका थिए । उनीहरुले मेरो चित्त दुखाएका छन् तपाईंहरुलाई थाहा छ ?’ उनले अंगे्रजीमा लेखेकी छिन् । उनको लेखाइको आशय खुलेको छैन । 


स्रोत अनलाइन खबर

Powered by Blogger.