माईति घरको झल्कोले परेली भिजाउदै गायत्री थापा - भिडियो सहित
कमल न्यौपाने । बर्ष दिनमा आउने तीजमा सबैका माइती चेलीबेटी घरमा लिन आउँदा कस्को मन हुँदैन र आफु पनि माइत जान । तर पनि मन हुँदा हुँदै कतिपय चेलीबेटी आफ्नो माइती जान पाइरहेकाछैनन ।
तीजको बेला आफ्नो घरमा माइतिबाट कसैका आमाबुवा त कसैका दाजुभाई चेलीबेटी लिन आउने गर्दछन । आमाबुवा हुँदा आफुलाई सधैं माईती लिन आउने तर पछी आमाबुवा नहुँदा दाजुभाईले चेलीलाई नसम्झेको उदाहरण पनि हाम्रो समाजमा ब्याप्त छ ।
तीजको बेला आफ्नो घरमा माइतिबाट कसैका आमाबुवा त कसैका दाजुभाई चेलीबेटी लिन आउने गर्दछन । आमाबुवा हुँदा आफुलाई सधैं माईती लिन आउने तर पछी आमाबुवा नहुँदा दाजुभाईले चेलीलाई नसम्झेको उदाहरण पनि हाम्रो समाजमा ब्याप्त छ ।

यस्तै पिडामा परेकीछिन गायिका तथा सर्जक गायत्री थापा । उनलाई बुवाआमाले सधैं तीजमा लिन आउने तर अहिले उनिहरु नहुँदा दाजुभाईले बिर्सिएकाछन । गायत्रीले सायद आफ्नो कर्ममा यस्तै दु:ख लेखेकोले पनि आफु छिट्टै पराइको घरमा आउनु परेको पिडा समेत पोखेकी छिन । उनका परेली माईतिको झल्कोले भिजाएकोछ । आफु अभागीकोलागि नभएर माइती हुनेको लागि मात्र यो तीज भएको भन्दै आफ्ना आंशु झार्दै माईतिको सम्झना गर्दै दुखेसो पोखिरहेकी छिन गायत्री ।
गायिका देवी घर्ति मगरको आवाज रहेको 'माईतिको झलको' बोलको गीतमा गायत्रीले यि सब पिडा पोखेकी हुन । माईती नभएर आफुलाई आभागि सम्झने चेलीबेटीको पिडा र बेदनाको कथालाई प्रस्तुत गरिएको गीतको शब्द गायत्री आँफैले निर्माण गरेकी हुन ।
उक्त भिडियोमा गायत्रीलाई माईतिको रुपमा साथ दिएकाछन भुपाल के.सिले । शिव दर्शन डिजिटलको प्रस्तुतीमा गायत्री थापाको माईतिको झल्को बोलको गीतमा शब्दको मार्मिकतालाई राजु सुनामको निकै नै मर्मस्पर्शी संगीतले अझ मुर्त बनाउने काम गरेकोछ । उक्त गीतको भिडियोमा जीवन सेन्चुरिको निर्देशन र रमेशवर हुमागाईको छायांकन रहेको छ ।
भिडियो हेर्नुहोस् :
