Header Ads

जुम्लामा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू जारी

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले बिहान ८ बजेदेखि पुनः कर्फ्यू आदेश जारी गरेको छ। आइतबार साँझ साढे ५ बजेदेखि लगाएको कर्यूबल बिहान दैनिक उपभोग्य वस्तु खरिद-बिक्रीका लागि भन्दै एक घण्टा फिर्ता लिइएको थियो।

 बिहान ७ बजेदेखि ८ बजेसम्म कर्फ्यू फिर्ता लिइएको हो। प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले दिउसो आन्दोलन अझै चर्कने र दिनभर जुम्ला अशान्त हुने संकेत पाएपछि कर्यूर्लाई निरन्तरता दिइएको बताए।
 जुम्ला एयरपोर्टदेखि पश्चिम, बहुमुखी क्याम्पसदेखि दक्षिण, ट्राफिक कार्यालयदेखि पूर्व, छिना साधुदेखि उत्तरको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो। बिहानैदेखि प्रहरीले हानेको गोलीबाट घाइते भएका आफन्त र बाहिरका स्थानीय सडकमा उत्रिएर प्रहरीसामु लडेर देखाउने चुनौति दिएपछि प्रशासन कार्यालयले कर्फ्यू जारी राखेको हो।

 प्रशासन कार्यालयले दुई हेलिकोप्टरमा सशस्त्र ल्याउन लागिएको जनाएको छ। यसअघि १ सय २० जना सशस्त्र प्रहरी ल्याइएको थियो। आइतबारको आन्दोलनमा १३ जना घाइते भएकोमा ३ जनाको अवस्था गम्भीर छ।

 नेपाली सेनाको हेलिकोप्टरले हिजो नै उनीहरुलाई कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ। अहिले सशस्त्र प्रहरीले बाक्लो भिडमा नरहन र सबैलाई घरभित्र बस्न माइकिङ गरिरहेको (अनलाइन) नागरिक न्युज डट कममा समाचार छ।
Powered by Blogger.