Header Ads

वास्तविक पीडित पहिचान गर्नलाई यस्तो बन्यो भूकम्पपीडित कार्ड !

काठमाडौं, वैशाख २८ । गएको वैशाख १२ गते आएको भूकम्पबाट मृत्यु भएका, भवनहरू पूर्णरुपमा भत्केका र आंशिकरुपमा क्षतिग्रस्त भएका संरचनाको क्षतिपूर्ति दिन राहत कार्डको ब्यवस्था गर्ने भएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यलय र जिल्ला विकास समितिको संयोजनमा काठमाडौंका १० वटा नयाँ नगरपालिकामा सो ब्यवस्था गर्न लागेको हो। आवश्यकताभन्दा अनावश्यक परिवारले विभिन्न निकायको दबाबमा राहत लैजान थालेको गुनासो बढ्न थालेपछि वास्तविक पीडित पहिचान गरी समानुपातिक रूपमा राहत उपलब्ध गराउने उद्देश्यले कार्डको ब्यवस्था गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले बताए।

उनले काठमाडौं महानगरपालिकालाई पनि ब्यवस्थितरुपमा राहत वितरण गराउन कार्ड उपलब्ध गर्न अनुरोध गर्ने बताए । तारकेश्वर नगरपालिकाले आफ्ना सवै वडामा वितरण सुरु गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत विजय सुवेदीले महाभूकम्पले क्षति भएका २१ वटै वडामा कार्डमार्फत राहत वितरण गर्ने जानकारी दिँदै केही वडामा सुरु गरिसकेको बताए ।

 सो नगरपालिकाले मृतकको परिवारलाई राता, पूर्ण घर क्षति भएका परिवारलाई सुन्तला रंग र आंशिक घर क्षति भएको परिवारलाई पहेंलो कार्ड वितरण सुरु गरेको छ। ‘अब देखि राहतका रुपमा एक किलो चामलदेखि टेन्ट, पाललगाएत जस्तोसुकै राहत सामग्री उपलब्ध गराउँदा कार्डमा उल्लेख मात्रै दिने व्यवस्था गरेका छौँ ।’ कार्यकारी अधिकृत सुवेदिले भने । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
Powered by Blogger.